HomeFeatureभारत र नेपालबाटै पैसा पठाएर साउदीमा अलपत्र परेका बाजुराका एक नेपालीको उद्धार

भारत र नेपालबाटै पैसा पठाएर साउदीमा अलपत्र परेका बाजुराका एक नेपालीको उद्धार

नयाँ दिल्ली, 26 अगस्त, हेमन्त जोशी

साउदी अरबमा रोजगारविहीन भएर अलपत्र परेका 5 जना नेपाली मध्ये सुदूरपश्चिमका एक जना नेपाली स्वदेश फर्कन पाउने भएका छन । 5 जना मध्ये बाजुरा बुढीगंगा नगरपालिका वडा न. 10 का नरबहादुर रावलका लागि नेपाल र भारतबाट आर्थिक संकलन गरि पठाइएपछि उनि नेपाल फर्किन पाउने भएका छन ।

नेशनल लाईभले उनिहरुलाई लाईभमा जोडेर उनिहरुको समस्या जस्ताको तस्तै देखाएपछि भारत र नेपालमा रहने नेपालीहरुले बाजुराका नरबहादुर रावलका लागि आर्थिक सहयोग संकलन गरि पठाएका हुन ।  

भारतमा हेमन्त जोशी र राजन रावत, भीम रावलको नेतृत्वमा 50 हजार 5 सय भारु र नेपालमा खगेन्द्र सिंह, जगत शाही, रुगम रावल, तपेश रावलको नेतृत्वमा 35 हजार नेरु संकलन गरेपछि साउदीमा रहेका बाजुराका नरबहादुर रावलको खातामा पठाइएको छ ।  रावलले पैँसा पाएपछि सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन । आर्थिक सहयोग संकलन अभियानमा सबैभन्दा पहिला चेतराज जोशीले सहयोग गरेपछि अभियान शुरु भएको थियो।

उनिहरु करिब डेढ वर्ष अघि साउदी अरब रोजगारीका लागि गएका थिए। काठमाडौंको मिता म्यानपावर कम्पनीबाट साउदी अरब काम गर्न गएका नेपालीहरु पछिल्लो 6 महिनादेखि रोजगारविहीन भएका कारण भोक-भोकै रहने अवस्थामा पुगेका थिए। साउदी अरबको जेद्दा जिल्लाको अलखुम्रास्थित एआईजी नामक कम्पनीमा कार्यरत बाजुरा बुढीगंगा नगरपालिका वडा न. 10 का नरबहादुर रावल, खोटाङ जन्तेढुंगा गाँउपालिका वडा न. 9 का दिनेश भुजेल, दाङका भुवनेश्वर शर्मा, रोल्पाका तिलक डाँगी र काभ्रेपलान्चोकका चन्द्रमान बोम्जन अहिले रोजगारविहीन भएपछि अलपत्र परेका थिए । नेपाली दूतावास र म्यानपावर कम्पनीमा उनिहरुले सहयोगको गुहार लगाए पनि कुनै सुनुवाई नभएपछि नेशनल लाईभका माध्यमबाट सहयोगको अपील गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...