HomeFeatureसाउन महिनाको आज दोस्रो सोमबार

साउन महिनाको आज दोस्रो सोमबार

काठमाडौं, 25 जुलाई 2022

 साउन महिना शिवजीको पूजा अराधाना गर्ने महिनाको रुपमा लिने गरिन्छ । यो महिनामा पनि सोमबार विशेष मानिन्छ । अघिपछि पनि सोमबार शिवजीको व्रत बस्ने गरिन्छ भने साउनमा व्रत बस्नुलाई त झनै महत्वपूर्ण मान्ने गरिएको छ । आज साउन महिनाको दोस्रो सोमबार । विशेषगरी महिला तथा युवतीहरुले आफ्ना श्रीमानको दीर्घायुका लागि कामना गरेर व्रत बस्छन् भने अविवाहितहरुले असल श्रीमान पाउनका लागि कामना गर्ने विश्वास गरिँदै आएको छ । यो महिना पशुपतिनाथ मन्दिरमा हजारौँ भक्तजनहरुले दर्शन गर्छन् । यो महिना बोलबम जाने गरिन्छ । महिला तथा युवतीहरुले पहेँलो हरियो वस्त्र लगाउने, व्रत बस्ने एवम् पूजा अर्चना गर्ने गर्दछन् । पछिल्लो समय पुरुषहरु पनि बोलबम जाने व्रत बस्न थालेका छन् । यसै क्रममा आज सोमबार पनि पशुपतिनाथमा बिहानैदेखि भक्तजनहरुको भीडा लाग्यो । शिवजीको स्तुति गाउँदै भक्तजनहरुले पशुपति दर्शन गरे । त्यसपछि मन्दिर परिसरमा भजनमा नाचगान गर्दै उनीहरुले साउने सोमबार मनाएका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...