काठमाडौं, 2 मई 2022
सातबुँदे घोषणापत्र जारी गर्दै नेपाल-भारत साहित्य महोत्सव सम्पन्न भएको छ । वैशाख १६ देखि १८ गतेसम्म चलेको महोत्सवमा नेपाल तथा भारतका विभिन्न प्रान्तमा आएका तीन दर्जन साहित्यकारको सहभागिता रहेको थियो ।नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले उद्घाटन गरेको महोत्सवको पहिलो दिन नेपाली साहित्यमा विशिष्ट योगदान पुर्याउने साहित्यकारहरुलाई सम्मान गरिएको थियो । महोत्सवमा कार्यपत्र प्रस्तुति, बहुभाषिक कवि गोष्ठी, प्यानल डिस्कसन, काव्य मुशायरा लगायतका कार्यक्रम राखिएको थियो । जारी गरिएको सातबुँदे घोषणापत्रमा नवोदित तथा लुकेका प्रतिभाहरुलाई प्रोत्साहन दिने, अन्तरदेशीय अनुवाद आदानप्रदान गर्ने, साहित्य महोत्सवलाई निरन्तरता दिने लगायतका विषय छन् ।









































