HomeFeatureसात वटै प्रदेशको आ–आफ्नो प्रहरी संगठन हुनुपर्ने निधिको भनाई

सात वटै प्रदेशको आ–आफ्नो प्रहरी संगठन हुनुपर्ने निधिको भनाई

काठमाडौं, 19 सितम्बर 2021

नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले संघियताको सम्वद्र्धनका लागि सबै प्रदेशको आ–आफ्नो प्रहरी संगठन हुनुपर्ने बताउनुभएको छ । आइतवार महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको वर्तमान राजनीतिक अभ्यास र संविधान विषयक कार्यक्रममा बोल्दै उपसभापति निधिले संघियताको सम्वद्र्धनका लागि सातवटै प्रदेशको आफ्नो प्रहरी संगठन हुनुपर्ने बताउनुभएको हो । संविधानमा नै सबै प्रदेशको आफ्नै प्रहरी हुने व्यवस्था भएपनि हालसम्म संविधानको सो व्यवस्था कार्यान्वयन हुन नसकेको उहाँले बताउनुभयो । संघीयताको सम्वद्र्धनका लागि पहिलो, दोस्रो र तेस्रो प्राथमिकता सबै प्रदेशका प्रहरी संगठन बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले भन्नुभयो – ‘सातै प्रदेशमा, सबै प्रदेशको आआफ्नो प्रादेशिक प्रहरीको व्यवस्था तत्काल होस् । अब त चार वर्ष भइसक्यो चुनाव भएको पनि । संविधानको कुनै एउटा धारामा पनि के लेखेको छ भने सबै प्रदेशको आआफ्नै प्रहरी संगठन हुनेछ । म आज संविधान दिवसको अवसरमा भन्न चाहान्छु, आजको आवश्यकता संघीयतालाई सम्वद्र्धनको लागि पहिलो प्राथमिकता सबै प्रदेशको प्रहरी, दोस्रो प्राथमिकता सबै प्रदेशको प्रहरी, तेस्रो प्राथमिकता सबै प्रदेशको प्रहरी ।

उपसभापति निधिले नेताहरुले नै संघियता अनुकुलको मानसिकता बनाउन नसकेको टिप्पणी गर्नुभयो । नेताहरुमा टोलको अधिकार पनि सिंहदरबारबाट सम्पादन गर्ने मानसिकता रहेको भन्दै उहाँले नेताहरुले संघीयताको बारेमा जनतालाई प्रशिक्षित गर्ने र आफुपनि प्रशिक्षित हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...