HomeFeatureसाफ च्याम्पेनसिप: नेपाली टोली स्वदेश फिर्ता

साफ च्याम्पेनसिप: नेपाली टोली स्वदेश फिर्ता

काठमाडौं, 18 अक्तूबर 2021

माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फर्किएको छ । सोमबार बिहान स्वदेश फर्किएको नेपाली टोलीलाई खेलकुद मन्त्री महेश्वर गहतराज तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी लगायतले भव्य स्वागत गरे । नेपाली टोलीलाई स्वागत गर्न ठूलो संख्यामा फुटबल समर्थकहरु विमानस्थल पुगेका थिए । मालेमा शनिबार राति भएको फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित भएको थियो । फाइनलमा पराजित भएपछि नेपाल ऐतिहासिक उपाधि जित्नबाट बन्चित भएको थियो । तर, नेपाल पहिलो पटक साफको उपविजेता बनेको हो । स्वदेश फकिएपछि नेपाली टोलीका कप्तान किरण कुमार चेम्जोङले उपाधि जित्नबाट बञ्चित भए पनि अहिलेको प्रदर्शनका आधारमा खेलाडीहरुलाई आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न थप हौसला मिलेको बताउनुभयो । उहाले लगातार दुई गोल हुँदा खेलाडीको मनोबल पनि कमजोर भएको तर्क गर्नुभयो । उहाले नयाँ खेलाडीहरुलाई पनि अहिलेको अनुभवले आगामी दिनमा सहज हुने बताउनुभयो । किरणले फाइनमा प्रशिक्षक र अञ्जन बिष्टको अभाव देखिएको पनि बताउनुभयो । त्यस्तै खेलकुदमन्त्री गहतराजले नेपाली राष्ट्रिय फुटबल टिमको प्रदर्शनबाट गौरबको अनुभव भएको बताउनुभयो । नेपालको खेलबाट सरकारले आशा र भरोषा गरेको उहाको भनाई छ । मन्त्री गहतराजले खेलकुद क्षेत्रको बिकासका लागि सरकारले कुनै कसर बाँकी नराख्ने धारणा राख्नुभयो । नेपाललाई फाइनलसम्म पुर्याउन सफल मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भने नेपाल फर्कनुभएन । नेपालले फाइनलमा स्थान बनाएलगत्तै अलमुताइरीले साफ च्याम्पियनसिप सकिएपछि नेपाल छाड्ने घोषणा गर्नुभएको थियो । अलमुताइरी गत चैतमा एक वर्षको लागि नेपालको प्रशिक्षक नियुक्त हुनुभएको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...