HomeFeatureसामसङको दुईवटा नयाँ सेट ‘एस २०’ र ‘एस २०’ प्लसको प्रि...

सामसङको दुईवटा नयाँ सेट ‘एस २०’ र ‘एस २०’ प्लसको प्रि अडर खुला

काठमाडौँ, २ मार्च, २०२०
सामसङले ल्याएको दुई नयाँ स्मार्टफोनको नेपाली बजारमा प्रि अर्डर खुला गरेको छ ।
सामसङ नेपालले ग्यालेक्सी एस २० र एस २० प्लसको प्रि अर्डर फागुन १४ गतेबाट खुला गरेको जानकारी दिएको छ । नेपालमा फागुन ३० गतेबाट मात्रै उक्त फोनहरु उपलब्ध हुनेछन । यद्यपी प्रि अर्डर गरेका उपभोक्ताहरुले भने सो मितिभन्दा अगाडी नै पाउनेछन् । सामसङको ग्यालेक्सी एस२० सिरिजले भिडियोग्राफी र फोटोग्राफीलाई नयाँ ढंगले प्रस्तुत गरेको सामसङ मोबाइल विजिनेस हेड प्रणय रत्न स्थापितले बताउनुभयो । फ्यागसिप डिभाइसमा रहेको सेन्सर र प्रविधिले फोटो तथा भिडियो खिच्न सजिलो बनाउने उहाँले बताउनुभयो । फोटोका लागि ६४ मेगापिक्सलको क्यामरा र सेन्सर राखिएको छ । ३०एम्स जुम सिस्टम पनि दुबै फोनमा रहेको छ । सामसङको यो सिरिजको फोनबाट ८ के सम्मको भिडियो रेकर्डिङ गर्न सकिने छ, जुन विश्वका अन्य फोनहरुमा नभएको उसको दावी छ ।

फोनको अग्रिम अर्डर अवधिमा नेपाका कुनै पनि सामसङ स्टोरमा ५ हजार अग्रिम जम्मा गरेर अर्डर गर्न सकिन्छ । एस २० प्लस अर्डर गर्ने ग्राहकहरुले ग्यालेक्सी बड्स प्लस निःशुल्क वा ३२ इन्चको सामसङ टिभी ५ हजार ९ सय ९९ मा खरिद गर्न सक्नेछन् । एस २० को अग्रिम बुकिङ गर्नेहरुले २ हजार ९ सय ९९ थप गरी ग्यालेक्सी बड्स प्लस खरिद गर्न सक्नेछन् । ३२ इन्चको टिभी ८ हजार ९ सय ९९ मा खरिद गर्न सक्ने सामसङले जनाएको छ । आग्रिम अर्डर गरेका ग्राहकहरुले एक पटकको टुटफुटमा १२ महिनाको बीमा तथा विभिन्न बैंकहरुबाट किस्ता (एएमआइ) पनि उपलब्ध हुने छ । लक्की ड्रका लागि अग्रिम बुकिङ गर्ने ग्राहकहरु स्वतः योग्य हुने बताइएको छ । जसमा विजेताहरुले टर्कीस एयरलाइन्सको तर्फबाट दुईतर्फि बिजनेस क्लास टिकेट, ग्यालेक्सी वाच एक्टि २, केजीएच ग्रुपको वाटार फ्रन्ट रिसोर्ट वा हिमालय फ्रन्ट होटलमा दुइ रात बास बस्न पाउनेछन । तयसैरी लेट मि इनको तर्फबाट ५ हजार बराबरको कुपन पनि पाइने बताएको छ । एस २० को मूल्य १ लाख ७ हजार ४ सय ९९ र एम २० प्लसको मूल्य १ लाख १९ हजार ४ सय ९९ रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...