काठमाडौं, 28 अप्रैल 2022
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सामाजिक सुरक्षा भत्ताको सुरुवात आफुहरुले नै गरेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपालले बृद्ध भत्ता, अपाङ्गता, एकल महिला लगाएतका सामाजिक सुरक्षा भत्ताको सुरुवातमा केपी ओलीको कुनै भुमिका न भएको नेपालको भनाई थियो। ती योजनामा मनमोहन र आफुको भुमिका रहेको बताउनुभएको हो । उहाले यसअघिको ओली सरकारले ओम्नी र यती समूहसंग मिलेर भ्रष्टचारको काम गरेको र आफुहरुले जनताको लागी काम गरेको दावी गर्नुभयो । अध्यक्ष नेपालले इमान्दारिता र निष्ठाको राजनीतिका साथ जनताप्रति समर्पित हुँदै अघि बढ्ने जिकिर गर्नुभयो । उहाले राम्रो काम गर्न सकेमात्र मनोबल उच्च हुने भएकाले घोषणापत्रमा उल्लेख बिषयलाई जनतामाझ लानुपर्ने धारणा पनि राख्नुभयो । उहाले छिटो समयमा नै जनताले विश्वास गरेर नै एकीकृत समाजवादी छोटो समयमा बलियो पार्टी हुन सफल भएको बताउनुभयो । कार्यक्रममा नेकपा एकीकृत समाजवादी र एकीकृत नेकपाबीच एकता घोषणा गरिएको थियो ।









































