दिल्ली, 22 मार्च 2022
सामान्य घराएसी विवादमा एक महिला आफ्नो बाल बच्चा सहित परिवार छोडेर हिंडेकी छन। नेशनल लाईभ टिभीका सहयोगी जयेश राजपूत (रसाइली) ले दिएको जानकारी अनुसार बढयै ताल वडा नम्बर 3 बर्दिया बस्ने वर्ष 30 की पवित्रा सुनार र लोग्ने संगको सामान्य विवादमा 3 छोरा वर्ष 12 को जीवन सुनार, वर्ष 10 को जय सुनार र वर्ष 8 को विजय सुनार लाई लिएर घर छोडेर हिंडेकी छन। उनका लोग्ने दुर्गा बहादुर सुनार भारतको चेन्नईमा रोजगारीको सिलसिलामा बसेका छन। उनी मिति 2078, 10, 27 गतेका दिन घर फर्किएका थिए। उनी घर पुगे पछि आर्थिक विषय लाई लिएर लोग्ने स्वास्नी बीच सामान्य विवाद भएको थियो। त्यसै दिन भारतको गुजरात बस्ने पवित्रा सुनारका दाई महेन्द्र सुनार साथै उनकी ठुली आमा संग कसैलाई जानकारी नदिइ बाल बच्चा लिएर घर छोडेर हिंडेकी हुन। उनी हिंडे पछि थाह पाएर छर छिमेकी र आफन्तहरुमा खोज तलाश गर्दा केही अत्तो पत्तो नलागे पछि उनले प्रहरी चौकीमा परिवार खोज बीनको लागि निवेदन पनि दिएका छन। साथै भारतबाट संचालित हुने नेशनल लाईभ टेलिभिजनलाई पनि समाचार प्रसारित गरि खोजबीनमा सहयोग गरि दिन अनुरोध गरेकाले यो समाचार प्रकाशित गरिएको छ । उनका अनुसार श्रीमति बालबच्चा लिएर भारत गएको आशंका गरेका छन। कहीं कतै कसैले पवित्रा सुनार लाई देख्नु भएमा वा उनीबरे केही जानकारी भएकोमा +9779800578692 वा +918347273329 मा सम्पर्क गरि जानकारी गराउन हार्दिक अनुरोध छ।









































