दिल्ली, 15 फरवरी 2022
साहित्यकार तारानाथ (ताना) शर्माको निधन भएको छ। शर्माको मंगलबार बिहान आफ्नै घरमा निधन भएको हो। शर्मालाई मुटु रोग, रक्तचापलगायत समस्या थिए। उनको ८७ वर्षको उमेरमा निधन भएको हो । शर्माको जन्म १९९१ असार ९ गते इलामको बारेकोटमा भएको थियो । उनी नेपाली निबन्धकार, कथाकार, उपन्यासकार, समालोचक र पाठ्यपुस्तक लेखकसमेत हुन् । उनले अङ्ग्रेजीमा छोटकरी नाम लेख्ने चलन विपरीत नेपाली नाम तारानाथलाई छोट्याएर ताना बनाएका थिए । शर्माले २०२६ सालमा मदन पुरस्कार पाएका थिए। ‘बेलाइततिर बरालिँदा’ कृतिका लागि उनलाई मदन पुरस्कार दिइएको हो। शर्माले नेपाली साहित्यमा झर्रोवादी आन्दोलन थालेका थिए।









































