दिल्ली, 5 मार्च 2022
सिंगापुरले युक्रेनमाथि गरेको आक्रमणको विषयलाई लिएर रुसमाथि प्रतिबन्धको घोषणा गरेको छ। सिंगापुरले रुसबाट हुने आयात सीमित पार्ने र केही रुसी बैंकमाथि पनि प्रतिबन्ध लगाउने निर्णय गरेको हो। सिंगापुर क्षेत्रीय छिमेकी मुलुकमा रुसमाथि प्रतिबन्धको घोषणा गर्ने पहिलो मुलुक हो। त्यसका साथै सिंगापुरले रुससँगको भर्चुअल मुद्रा क्रिप्टोकरेन्सी कारोबार र रुसको केन्द्रीय बैंकलाई सहयोग गर्न सक्ने सबै वित्तीय संस्थानहरुलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो। सिंगापुरका विदेशमन्त्री भिभियन कालाकृष्णनले यसअघि संसदमा बोल्दै सिंगापुरको लक्ष्य उचित प्रतिबन्ध लगाउने धेरै समान विचार भएका मुलुकसँग मिलेर काम गर्नु रहेको जनाएका थिए। यद्यपि दक्षिण पूर्वी एसियाली मुलुकको संगठन (आसियन)का केही मुलुकले रुसको कदमको निन्दा गरेका छन्।









































