HomeFeatureसिक्किममा "छैटौँ वरिष्ठ नागरिक सम्मान दिवस" विविध कार्यक्रमको आयोजना गरि मनाइयो

सिक्किममा “छैटौँ वरिष्ठ नागरिक सम्मान दिवस” विविध कार्यक्रमको आयोजना गरि मनाइयो

सिक्किम, 18 फरवरी 2020 / के.एन. शर्मा

पश्चिम जिल्लाको गेजिङ बर्मेक निर्वाचन क्षेत्रको २५ मार्ताम ग्राम प्रशासन केन्द्रको आयोजनामा “छैटौँ वरिष्ठ नागरिक सम्मान दिवस” मङ्गलबार विभिन्न कार्यक्रम गरी मनाइएको छ। प्रत्येक वर्ष मनाइँदै आइरहेको वरिष्ठ नागरिक सम्मान दिवस यो वर्ष पनि विविध कार्यक्रमका साथ मनाइएको हो। सम्मान समारोहमा निर्वाचन क्षेत्रका विधायक तथा सिक्किम सरकारका कृषि बागवानी पशुपालन तथा  जन सूचना एवम् जनसम्पर्क विभागका मन्त्री लोकनाथ नेपाल मुख्य अतिथिको रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रममा जिल्ला विकास अधिकारी गेजिङ मिलन सुब्बा, जिल्ला पञ्चायत सदस्य एल.पी. भट्टराई  अवकाश सचिव गण पञ्चायत एवम् स्थानीय वरिष्ठ नागरिकहरूको पनि उपस्थिती रहेको थियो।

कार्यक्रमको पहिलो चरणमा पञ्चायत सभापति सी.एल. छेत्रीले स्वगत मन्तव्य राख्दै प्रत्येक वर्ष वरिष्ठ नागरिक सम्मान दिवस मनाउँदै आइरहेको बताउनुभयो। ग्राम प्रशासन केन्द्रले धेरै राष्ट्रिय सम्मानहरू प्राप्त गर्न सफल रहेको पनि उहाँले जानकारी दिनुभयो।

समारोहलाई सम्बोधन गर्दै मन्त्री लोकनाथ नेपालले ग्राम प्रशासन केन्द्रले वरिष्ठ नागरिकहरूलाई सम्मान गर्ने कार्यक्रम आयोजना गरेकोमा बधाई एवम् धन्यवाद दिनुभयो। उहाँले वृद्ध आमाबुवाहरूको कारण सरकार परिवर्तन भएको बताउँदै सरकारले वृद्ध भत्ता बढाएर अर्को सम्मान दिन लागेको जानकारी पनि दिनुभयो।

समारोहमा ग्राम प्रशासन केन्द्र भित्रबाट अवकाश प्राप्त वन विभागका पूर्व सचिव टी.आर.शर्मा, विद्युत विभागका पूर्व सचिव के.बी. छेत्री, पूर्व डी.एफ.ओ. खडक बहादुर गौतम, अधिक्षक अभियन्ता के. एस. गौतमलाई प्रशस्त्रि पत्रका साथ सम्मान गरिएको थियो। कार्यक्रममा स्थानीय ग्राम प्रशासन केन्द्र भित्रका वरिष्ठ नागरिकहरूलाई मन्त्री नेपालको बाहुलिबाट दोसल्ला ओढाएर सम्मान गरिएको थियो। त्यसैगरी पूर्व शिक्षक पी.पी. कार्की, एच.एल.शर्मा, बालकृष्ण शर्मा, सी. बी. छेत्री, के.एस. शेर्पा, पी.डी. लेप्चा, बी.बी. भट्टराई, कृष्णलाल सुवेदी, एम.बी. राई, गैरी छेत्री, जे.बी.छेत्री, चम्पा तेन्जिङ शेर्पा, बी.बी. लिम्बू, शान्ति पैड्याल, अवकाश प्राप्त आर्मी पहल मान राई, इन्द्रलाल शर्मा, पुलिस विभागवाट अवकाश प्राप्त दुर्योधन प्रधान वीर बहादुर खड्काका साथै स्वास्थ्यकर्मी बिष्णु माया छेत्री, जनकार्य विभागबाट लक्ष्मीप्रसाद पोख्रेरलगायतलाई पनि सम्मानित गरिएको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...