काठमाडौं,२८ फरवरी,२०२०
नेकपा [माले] ले पार्टी महासचिव सिपी मैनाली सवार कार दुर्घटना अस्वभाविक र नियोजित भएको जनाएको छ ।
पार्टी प्रवक्ता कुमार बेल्वासेले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो धारणा सार्वजनिक गरेका हुन्। उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो दुर्घटना पार्टीको दृष्टिकोणमा अस्वभाविक र नियोजित देखिन्छ।’
नेकपा ९माले०ले यो दुर्घटनाबारे छानविन गर्न पनि सरकारसँग माग गरेको छ। दुर्घटनाको सत्य, तथ्य र अन्तरनिहित दुर्नियत योजनाको समेत छानबिन गरी सत्यतथ्य जनतासमक्ष ल्याउन र कूनियतजन्य योजनाकार र दोषीलाई अबिलम्ब कानुनी कार्बाही गर्न मालेले माग गरेको छ।
झापामा पारिवारिक कार्यक्रमबाट राजधानी फर्किने क्रममा महोतरी, धनुषा र सिन्धुली जिल्लाको सिमानामा पर्ने रातु नदी नजिक महासचिव मैनाली चढेको कारलाई बिपरित दिशातर्फबाट आएको भ्यानले ठक्कर दिएको थियो । दुर्घटनामा मैनाली सख्त भएका छन् । मैनालीसहित उनका छोराबुहारी र ५ वषीय नाती समेत घाइते भएका छन् । मैनालीको राजधानीस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ।









































