Homeसमाचारनेपालसिसामा टेकेर आकासमा हिँड्न सकिने काठमाडौंको टावर

सिसामा टेकेर आकासमा हिँड्न सकिने काठमाडौंको टावर

सिसामा टेकेर आकासमा हिँड्न सकिने काठमाडौंको टावर

काठमाडौं, 28 जुन 2023

अब काठमाडौंमै ‘स्काइ-वाक‘ गर्न पाइने भएको छ। असार १५ गतेबाट कमलादीमा ७८.५ मिटर अग्लो स्काइवाक सर्वसाधारणका लागि खुला हुँदैछ।

नेपाली लगानीकर्ताले कमलादीमा जग्गा लिजमा लिएर २ अर्ब रुपैयाँ लागतमा यो स्काइवाक तयार गरेका हुन्।  पर्यटकका लागि नयाँ स्वाद दिने उद्देश्यले यो टावर बनाइएको कम्पनीका अध्यक्ष आकर्षण पोखरेलले बताए।

काठमाडौं

‘यहाँको मुख्य आकर्षण नै स्काइवाक हो,।

‘पहिलो चरणमा मानिसहरूले सहरको केन्द्रमा सिसामा टेकी आकासमा हिँडेको अनुभव गर्न पाउनेछन्। दोस्रो चरणमा बन्जी, स्विङ लगायतका प्रडक्ट थप गर्छौं।’ 

उनका अनुसार स्काइ-वाक काठमाडौं उपत्यकाकै अग्लो संरचना हो। यहाँबाट उपत्यकाको ३६० डिग्री भ्यु देखिन्छ।

काठमाडौंको उचाइमा उभिएर मानिसहरूलाई आकाशमा हिँडेजस्तो अनुभूत गराउन यो टावर सञ्चालनमा ल्याएको उनी बताउँछन्।

 काठमाडौं

यो संरचनामा ४ वटा तला छन्। एउटा लबी हो भने २ वटामा रेस्टुरेन्ट हुने छ। सबैभन्दा माथिल्लो तलामा ‘स्काइवाक’ र काठमाडौं उपत्यकाको अवलोकन केन्द्र रहनेछ। स्काइवाकबाट रानी पोखरी छेवैमा देखिन्छ भने धरहरा, वसन्तपुर, स्वयम्भू लगायतका उपत्यकाका मुख्य स्थल अवलोकन गर्न सकिन्छ। काठमाडौंका अग्ला अपार्टमेन्ट र खुला टुँडिखेल पनि त्यहाँबाट नियाल्न सकिन्छ।

काठमाडौं

कुल १३ रोपनीमा फैलिएको टावरमा कम्पनीले दुई अर्ब रूपैयाँ लगानी गरेको छ। यहाँ टावरबाहेक वरपर पार्किङ, बगैंचा र सटरहरू छन्। टावर ७८ मिटर अग्लो छ जसमा २५ तला छन्। २२ तलासम्म जान दुइटा लिफ्टको व्यवस्था छ। एउटा लिफ्टमा २४ जना अटाउँछन्। दुइटा भएकाले एकपटकमा ४८ जना लिफ्टमा चढेर तलमाथि गर्न सक्छन्।

टावरको २३ औं र २४ औं तलामा रेस्टुरेन्ट हुने छ। यसमा एकैपटक तीन सयभन्दा बढी मानिसहरू बस्न मिल्छ। स्काइ-वाकभित्र रहेका रेस्टुरेन्ट, एम्पिथिएटरमा जान शुल्क लाग्दैन।

काठमाडौं
काठमाडौं

७० देखि ८० वर्षकालाई ५० प्रतिशत छुट अर्थात् ५०० रूपैयाँ लाग्ने छ। उक्त रकममा करिब आधा घन्टा हिँड्न पाइनेछ। टावरको टुप्पामा हिँड्न कम्पनीले विशेष प्रकारको जुत्ता दिन्छ। टावर चढ्नुअघि सुरक्षा जाँच पनि हुन्छ।

‘टावरको विशेषता नै स्काइ-वाक हो,’ पोखरेलले भने, ‘एक रोपनी फराकिलो क्षेत्रमा टावर फैलिएकाले एक पटकमा पाँच सयभन्दा बढी मानिसहरू अटाउँछन्। बिहे, वार्षिकोत्सव, जन्मदिनका भोज वा अरू कार्यक्रम गर्न मिल्ने व्यवस्था पनि हुनेछ।’

यहाँको पार्किङमा दुई सयभन्दा बढी चारपांग्रे र पाँच सयभन्दा धेरै दुईपांग्रे सवारी अट्छन्। ३६ वटा सटर बन्दै छन्।

स्काइ-वाक टावर आन्तरिकसँगै बाह्य पर्यटकका लागि पनि आकर्षण बन्ने पोखरेलको विश्वास छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...