HomeFeatureसीमापारी दलाल नआउँदा बेच्न लगिएकी किशोरी बचिन, 3 जना पक्राउ

सीमापारी दलाल नआउँदा बेच्न लगिएकी किशोरी बचिन, 3 जना पक्राउ

मोरङ, 23 सेप्टेम्बर

कोरोना महामारीका कारण नेपाल भारत सीमामा आवतजावतमा निकै कडाइ गरिएको छ । तर यस क्रममा पनि महिला बेचविखनका घटना भने थामिएको छैन । मोरङको रानी भन्सार हुँदै भारत बेच्न लगिएकी एक किशोरीलाई प्रहरीले उद्धार गर्दै 3 जनालाई पक्राउ गरेको छ । सुनसरीकी १७ वर्षीय किशोरीलाई भारतमा बेच्न लैजाँदै गरेका एक युवतीसहित तीनजनालाई पक्राउ गरिएको मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताउनु भएको छ । मोरङको रानी भन्सारमा पक्राउ पर्नेमा मोरङकै लेटाङ ३ घर भइ सुनसरीको रामधुनी नगरपालिका ५ बस्ने २२ वर्षीया मोनिका ढकाल, सप्तरीको विष्णुपुर गाउँपालिका ५ का २८ वर्षीय सुमितकुमार मण्डल र सप्तरीको तिलाठी कैलाठीका २० वर्षीय प्रदीप कुमार मण्डल रहेका छन्।

मोनिकाले किशोरीलाई भारतमा रोजगारी मिलाइदिने, मोवाइल किनिदिने र काम मन्दिरमा गर्नुपर्ने भन्दै फकाएको किशोरीले प्रहरीलाई बताएकी छन्।

मंगलबार बिहानै भारतीय सीमाना कटाए पनि पारी पुगेपछि भारतबाट लिन आउँछु भनेका दलाल नआएपछि उनीहरु अलपत्र परेका थिए। त्यसपछि नेपालतर्फ नै फर्किएका उनीहरुलाई प्रहरीले सीमानामा पक्राउ गरेको हो। उनिहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...