HomeFeatureसीमामा अलपत्र परेकाहरूलाई सरकारले स्वदेश पस्न दिएन्, भारतले व्यवस्थापन गर्नुपर्ने भनाई

सीमामा अलपत्र परेकाहरूलाई सरकारले स्वदेश पस्न दिएन्, भारतले व्यवस्थापन गर्नुपर्ने भनाई

दार्चुला, 29 मार्च/ हिम शाह

भारतका विभिन्न स्थानबाट स्वदेश फर्किएका नेपाली नागरिकहरु अलपत्र परेका छन्। धार्चुलामा करिब पाँच सय नेपाली अलपत्र परेका छन् भने नयाँ दिल्लीसहित अन्य क्षेत्रमा पनि सयौँ नेपाली अलपत्र अवस्थामा रहेका छन्। भारतमा रहेका केही नेपालीहरूले आफूहरु नेपाल जान चाहेको तर जाने व्यवस्था नभएकाले अलपत्र परेको बताएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।कति संख्यामा नेपालीहरु अलपत्र परेका छन् भन्ने बारेमा एकिन तथ्यांक नभए पनि धार्चुलामा कम्तिमा पनि पाँचसय नेपाली अलपत्र अवस्थामा रहेको दार्चुला प्रशासनले जनाएको छ।

सीमा क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकहरुले ‘आफ्ना जनता फिर्ता ले’ ‘नेपाली नाका फिर्ता गर’ भन्दै लगातार नाराबाजी गरिरहेको भिडियो सार्वजनिक भएको छ। उनीहरुले आफ्नै देश फर्किन पनि यसरी नाबाजी गर्नुपर्ने भन्दै सरकारमाथि प्रश्न गरेका छन्। उनीहरुले नेपाल फर्किन पाउनुपर्ने माग गरेका छन्।

उता, भारतमा रहेका नेपालीहरूलाई आफू बसेकै स्थानमा सुरक्षित रहन सरकारले पुनः अनुरोध गरेको छ। अन्तर्राष्ट्रिय सीमा बन्द भएको र चैत 25 गतेसम्म लकडाउन लम्बिएकाले भारतका विभिन्न भू-भागमा रहेका नेपालीहरूलाई यथास्थानमै रहन सरकारले आग्रह गरेको हो। कोरोनाले विश्वव्यापी महामारीको रूप लिइसकेकाले आफू बसेको ठाउँ छाडेर बाहिर निस्कँदा झनै जोखिम बढ्ने सरकारको ठहर छ। रोजगारीको सिलसिलामा भारत पुगेका र काम ठप्प हुँदा अलपत्र रहेका नेपालीलाई त्यहीँको सरकारले व्यवस्था गर्नुपर्ने पराराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको तर्क छ।

कोरोना सङ्क्रमण देशभित्रै फैलिइरहेकाले अहिलेको परिस्थितमा भारतबाट उद्धार गरेर ल्याउने अवस्था नरहेको, बरु त्यहीँको सरकारलाई अनुरोध गरेर व्यवस्थापनका लागि आग्रह गरिएको ज्ञवालीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...