13 अक्तूबर 2021
सोचेजस्तो व्यापार नहुँदा दशैँको समयमा धनगढीका व्यापारीहरू चिन्तित भएका छन् । नेपालीहरुको महान चाड वडा दशैँमा आगमनमा समेत धनगढी बजारमा चहल–पहल नहुँदा व्यापारीहरू चिन्तित देखिएका छन् । भारतीय बजारमा चाडपर्वको लागि किनमेल गर्न सीमावर्ती जाने नेपालीहरु बढेसँगै धनगढी बजारमा व्यापार घट्न थालेको स्थानीय व्यापारीहरू जनाए । भारतीय वन गाउँमा भने नेपाली ग्राहकको भीडभाड बढेको छ। नेपाली बजारमा चाडबाडलाई लक्षित गरेर व्यापारीहरुले आफूखुशी भाउ बढाउन थालेपछि नेपालीहरु सीमापारी जाने गरेका हुन् । अहिले त्रिनगर नाकाका किनमेल गरेर नेपाल फर्किनेको लर्को लागेको उनले जनाए ।









































