HomeFeatureसीमा विवादबारे नेपालद्वारा भारतलाई विदेश सचिवस्तरीय वार्ताका लागि प्रस्ताव

सीमा विवादबारे नेपालद्वारा भारतलाई विदेश सचिवस्तरीय वार्ताका लागि प्रस्ताव

नयाँ दिल्ली, 6 जुन 2020

भारतले चीनसँगको सीमा समस्या समाधानका लागि चिनीया पक्षसित सहमति गरेपछि नेपालले पनि भारतसँगको सीमा विवाद समाधानका लागि विदेश सचिव स्तरीय वार्ताको प्रस्ताव गरेको छ ।

भारतीय सञ्चारका माध्यमका अनुसार नेपालले भिडियो कन्फ्रेन्सका माध्यमले नेपाल भारतबिच सीमा विवादबारे विदेश सचिव स्तरीय वार्ताको प्रस्ताव गरेको हो । यद्दपी भारतीय सञ्चार माध्यमका अनुसार भारत अहिलेनै वार्तामा बस्ने सम्भावना छैन । नेपालले आगामी साता संसदबाट निशान छाप सम्बन्धि दोस्रो संविधान संशोधन विधेयकलाई स्वीकृत गर्ने तयारी गरेकाले त्यसअघि भारतसँग पनि संवाद गर्ने तयारी गरेको हो ।

नेपालले यसअघि पनि सीमा विवादलाई कुटनीतिक रुपमा समाधान गर्नुपर्ने भन्दै भारतसँग वार्ताको लागि जोड दिएको थियो तर भारतले यो विषयलाई कोरोना महामारीपछि समाधान गर्ने भन्दै आएको छ । भारतले कोरोना महामारीकै क्रममा शनिबार मात्रै सैन्य स्तरमा छलफल गरि समाधानका लागि सहमति गरेपछि नेपालले पनि विवाद समाधानका लागि पहल गरेको हुनुपर्ने बुझिएको छ ।

भारत-चीन सीमामा पछिल्लो समयदेखिएको घटनाक्रमका कारण दुवैदेश बिच विवाद बढेपछि शनिबार लेहस्थित कोर कमाण्डर र चीनका कमाण्डरका बीच हिजो शनिबार भएको बैठकमा दुवै देश विभिन्‍न द्विपक्षीय समझौता अनुरूप सीमा क्षेत्रसम्बन्धित मुद्दाहरुलाई शान्तिपूर्ण समाधानका लागि सहमत भएको भारतको विदेश मन्त्रालयले जनाएको छ । बैठकमा भारत र चीन गतिरोधलाई समाधान गर्न र सीमा क्षेत्रमा शान्ति सुनिश्चित गर्नका लागि सैन्‍य र कुटनीतिक संवाद जारी राख्न पनि सहमति भएको छ ।

यसअघि भारतका विदेश मन्त्रालयका पूर्वी एशियाका संयुक्‍त सचिव नवीन श्रीवास्‍तवले पनि भिडियो कन्फ्रेन्सिङका माध्यमले चीनका विदेश मन्त्रालयका महानिर्देशक वू जियाङगहोसँग संवाद गरि शान्तिपूर्ण रुपमा विवाद समाधान गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...