नयाँ दिल्ली, 15 फरवरी 2020
केन्द्रीय माध्यमिक शिक्षा बोर्ड (सी.बी.एस.ई.) को कक्षा 10 र 12 को बोर्ड परीक्षा आजदेखि सुरू भएको छ। 10 कक्षाको परीक्षा 20 मार्चसम्म चल्नेछ। यस परीक्षामा 18 लाख 89 हजार विद्यार्थीहरू सामेल छन् भने कक्षा 12 को परीक्षा 30 मार्चसम्म चल्नेछ। 12 लाखभन्दा बढी विद्यार्थीहरूले 12 कक्षाको परीक्षा दिइरहेका छन्।
सी.बी.एस.ई.-का सचिव अनुराग त्रिपाठी र अध्यक्ष अनीता करवालले विद्यार्थीहरूलाई शुभकामना दिँदै उनिहरूलाई तनाव मुक्त भएर परीक्षा दिन भन्नुभयो।









































