दिल्ली, 14 फरवरी 2022
सुदुरपश्चिमेली नेपाली समाज भारतले आफ्नो पाँचों वार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको छ। नेशनल लाईभ टिभीलाई केन्द्रिय समितीका महासचिब, महादेब भट्टले दिएको जानकारी अनुसार, दिल्ली राज्य समितिको आयोजनामा गरेको पांचौं बार्षिक उत्सव कार्यक्रमका सभापति दिल्ली राज्य समितिका वरिष्ठ उपाध्यक्ष कार्याबाहेक अध्यक्ष, श्री प्रसाद सिंह छेत्रीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अथिती सुदुर पश्चिमेली नेपाली समाज भारत केन्द्रिय समितीका महासचिब महादेब भट्ट, विशिष्ठ अथितीमा केन्द्रिय समितिका सहकोषाध्यक्ष हर्क रावत, केन्द्रिय समितिका सदस्य केशर साउद, केन्द्रिय समितीका कलासांस्कृतिक बिभागका उप प्रमुख नरेन्द्र अधिकारी रहेका थिए। संस्थाका दिल्ली राज्य का सम्पुर्ण उपाध्यक्ष, सचिब, कोषाध्यक्ष, सह सचिब, सह कोषाध्यक्ष, सल्लाहकार, सदस्यहरु, मेहरौली जिल्ला समितिका अध्यक्ष, उपाध्यक्ष, सचिब, कोषाध्यक्ष, सह सचिब, सह कोषाध्यक्ष रहेका थिए । कार्यक्रमको संचालन दिल्ली राज्य समितीका सचिब, गणेश दत्त भट्टले गरेका थिए । कार्यक्रममा ज्ञात अज्ञात शहीद प्रति एक मिनटको मौन धारण गरेर कार्यक्रम संचालन गरिएको थियो। मौन धारण पश्चात दुवै देशको राष्ट्रिय गान बजाएर संस्थाको पाँचौं उत्सव केक काटेर मनाइएको थियो। वार्षिक उत्सव कार्यक्रमलाई, पदम राज भट्ट, नरेन्द्र सिह, बिक्रम धामी, बुद्धि सिह साउद, महादेब भट्ट, हर्क रावत, केशर साउद, लगायतले सम्बोधन गरेका थिए।









































