धनगढी, 1 जुन 2020/ हिम शाह
सुदूरपश्चिममा कोरोना भाइरस (काभिड-१९) बाट संक्रमित हुनेको संख्या ४३ पुगेको छ । सेती प्रादेशिक अस्पतालका अनुसार संक्रमितको संख्या ४३ पुगेको हो । आईतबार धनगढी प्रयोगशालामा गरिएको परिक्षणमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । जसमा कैलालीका मात्रै १४ जना रहेका छन । अन्य संक्रमितहरुमा अछाम, बैतडी, डोटी र कन्चनपुरका १र१ जना रहेका सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

सेती प्रादेशिक अस्पतालले एक सूचना जारी गर्दै कोरोना संक्रमितको संख्या ४३ पुगेको जनाएका छ ।









































