HomeFeatureसुदूरपश्चिममा परिवर्तन सम्भव: पौडेल

सुदूरपश्चिममा परिवर्तन सम्भव: पौडेल

काठमाडौं, 8 अक्तूबर 2021

 नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई कटाक्ष ट्विट गर्नु भएको छ । पौडेलले शुक्रबार सामाजिक सञ्जालमार्फत, “परिवर्तन सम्भव छ,  सुदूरपश्चिममा पनि परिवर्तन सम्भव छ। बाजुरामा रामसिंह रावलको विजयले संकेत गरिसक्यो। डडेलधुराले सन्देश दिइसक्यो।”

बाजुरा कांग्रेस जिल्ला सभापतिमा रामसिंह रावल विजय भएसँगै पौडेलको व्यंग्यात्मक ट्विट आएको छ। पौडेलनिकट केन्द्रीय सदस्य बद्री पाण्डेको गृहजिल्ला बाजुरामा रावल विजयी भएका हुन्। रावल पौडेलनिकट हुन्। सातौँ अधिवेशनबाट रावलले जिल्लाको सभापतिमा ३९ मतान्तरले जित हासिल गरेका हुन्। देउवानिकट कविराज पण्डितलाइ उनले पराजित गरे। रावलले ६०५ मत ल्याए। पहिलो चरणमा निर्वाचनको मत परिणाम आउन नसक्दा दोस्रो चरणमा रावल विजयी भएका हुन्। ट्विटमार्फत पौडेलले डडेलधुराको विषय पनि उठाउनु भएको छ। सभापति देउवाको डडेलधुरा गृहजिल्ला हो। त्यहाँ भएको वडा तहकै अधिवेशन पुनः गर्नुपर्ने मग भइरहेको छ। ११ दिनसम्म नेता तथा कार्यकर्ताहरू अनशन बसेका थिए। जिल्ला सभापति कर्ण मल्ल नै वडा अधिवेशनको विपक्षमा छन्। डडेलधुरामा केही दिन पौडेल समूहले विरोध कार्यक्रम नै आयोजना गरेको थियो। अर्जुननरसिंह केसी, डा शेखर कोइराला, गुरु घिमिरेलगायत केन्द्रीय नेताहरू त्यहाँ पुगेर कार्यक्रमलाई सम्बोधन गरेका थिए।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...