HomeFeatureसुदूरपश्चिम एकता समाज ट्रष्ट पनि भोका नेपालीहरुको पेट भर्दै, दिल्ली-एनसीआरमा 720 जनालाई...

सुदूरपश्चिम एकता समाज ट्रष्ट पनि भोका नेपालीहरुको पेट भर्दै, दिल्ली-एनसीआरमा 720 जनालाई राहत वितरण

नयाँ दिल्ली, 2 मे 2020

सुदूरपश्चिम एकता समाज ट्रष्टले दिल्ली स्थित कुणि सहकारी संस्था लिमिटेड र महिला सहकारी संस्था लिमिटेडको आर्थिक सहयोगमा दिल्लीका विभिन्न स्थानमा खाद्यान्न वितरण गरेको छ । विभिन्न सामाजिक संस्थाको प्रयासले दिल्ली वरपर भोकै रहेका नेपालीहरुको समस्या समाधान गर्न नसकिएपछि सुदूरपश्चिम एकता समाज ट्रष्टका संस्थापक अध्यक्ष बलबहादुर भण्डारी, महासचिव ललित भण्डारी लगायतको टीम आफै विभिन्न स्थानमा पुगेर खाद्यान्न वितरण गरिरहेका छन ।

ट्रष्टका महासचिव ललित भण्डारीले दिएको जानकारीका अनुसार ट्रष्टको दिल्लीस्थित विभिन्न एरिया समितिका सक्रीय सदस्यहरुका माध्यमले आजसम्म प्रतापबागमा ६५ जना, निरङकारी-५६, खेलौंनाबाग -४३, शास्त्रीनगर -१६, करोलवाग- ३०, पितमपुरा -२०, आजादपुर-२०, दरियागञ्ज- १५,  शालीमारबाग-२८, लक्ष्मीनगर गिताकलौनी- ३६, शाहदरा – ९३, गाजियावाद-३५, रोहिणी सेक्टर-७, सेक्टर-१, सेक्टर-१६, सेक्टर-२, सेक्टर 4 र 24 मा 230 जना गरि 720 जनालाई खाद्यान्न वितरण गरिएका छ ।

ट्रष्टका अध्यक्ष भण्डारीले भोकै रहेका नेपालीहरुलाई खाद्यान्न पुर्याउन सहयोग गरेकोमा जीत कठायत, कमल नेपाली, दिनेश थापा, प्रेम कुमार, हेमन्त नाथ, प्रकाश सिंह, जीत आग्री, बिरेन्द्र गुयाल, सिङगे परी, पदम उखेडा, इश्वर उपाध्याय, किट्टी आग्री, पुष्पा रावत,  सुशीला परी र प्रेम कुमारलाई धन्यवाद दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...