अछाम, 4 फरवरी 2020/ हिम शाह
सुदूरपश्चिम प्रदेशको अछाम जिल्लामा एक जना जनप्रतिनिधिको हत्या भएको छ। नेपाली काँग्रेसबाट निवार्चित पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर 2-का वडाध्यक्ष पदमबहादुर धामीको हत्या भएको हो।
हत्या कसले र किन गर्यो भन्ने कुरा अहिलेसम्म पत्तो नलागेको नेपाली काँग्रेस अछामका सहसचिव एवम् प्रवक्ता बेदप्रकाश तिमिल्सिनाले बताउनुभयो। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो। घटनाको सत्य-तथ्य छानविन गरी दोषीलाई कडा कारबाही हुनुपर्ने उहाँले मागसमेत गर्नुभयो। उहाँले यस विषयलाई पार्टीले गम्भीर रूपमा लिएको तर्क पार्टीले पनि अनुसन्धान र खोजी गर्ने बताउनुभयो।
40 वर्षीय धामीको आज बिहान शब फेला परेको हो। हत्या गरिएका धामी तत्कालिन नेकपा एमालेका उम्मेदवारलाई पराजित गरि वडाध्यक्षमा निर्वाचित हुनु भएको थियो।









































