कैलाली, 5 जनवरी 2020/ हिम शाह
सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरीयाले 1 सय 50 जनालाई निःशुल्क हेल्मेट वितरण गरेको छ। बुधबार धनगढी बजार क्षेत्रमा ट्राफिक प्रहरीले मोटरसाईकल पछाडी सवार 1 सय 50 यात्रुलाई हेल्मेट वितरण गरेको हो।
जगदम्बा सिमेन्ट प्रालिसँगको सहकार्यमा संघीय प्रहरी इकाई कार्यालय अगाडिको सडकखण्डमा यात्रुलाई हेल्मेट वितरण गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख लोकेन्द्र श्रेष्ठले बताउनुभयो। सुदूरपश्चिमका लागि 3 सय 50 हेल्मेट पठाईएकोमा आज 1 सय 50 हेल्मेट वितरण गरिएको हो।
पछाडी बस्ने यात्रुले हेल्मेट लगाउन आवश्यक रहेको बताउँदै प्रहरीले सुरक्षित यात्राका लागि हेल्मेटको फित्ता लगाउनसमेत अनुरोध गरेको छ।









































