अछाम, 15 फरवरी 2020/ हिम शाह
जिपि काेईराला प्रतिष्ठान अछाम शाखाकाे आयाेजनामा स्वर्गीय पूर्व प्रधानमन्त्री एवंम नेपाली काँग्रेसका सभापति गरिजा प्रसाद काेईरालाकाे स्मृतीमा प्रजातन्त्र दिवसकाे अवसर पारी फागुन ७ देखि साँफेबगरमा संचालन हुने सुदूरपश्चिम प्रदेश स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका केन्द्रिय सदस्य पूर्व मन्त्री एवंम माननिय दिलेन्द्र प्रसाद बडुबाट गराउने निर्णय गर्दै जिपी कोईराला प्रतिष्ठान अछामको बैठक सम्पन्न भएको छ ।
प्रतिष्ठानका अध्यक्ष यज्ञराज ढुंगानाको अध्यक्षतामा शनिबार बसेको बैठकले नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवंम माननिय बद्री प्रसाद पाण्डे र प्रतिनिधी सभा सदस्य माननिय रामबहादुर बिष्टलाई बिशिष्ट अथितिको रुपमा आमन्त्रण गर्ने निर्णय गरेको हो ।
प्रतिष्ठानको साँफेबगरमा भएको बैठकले पुरुस्कारको राशीको समेत घोषणा गरेको छ । पुरुस्कार राशीमा प्रथम पुरुस्कार ५ लाख, द्धितिय पुरुस्कार २ लाख ५० हजार, तृतिय पुरुस्कार १ लाख २५ हजार र सान्तवना २५ हजार राखिएको प्रतिष्ठानका अध्यक्ष यज्ञराज ढुंगानाले बताउनु भयो ।
यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेलाडीलाई १० हजार, लिफ्टर, सर्वर, स्पाईकर, ब्लकर, लिब्रोलाई समान ५ हजार तथा अनुशासित र उदयमान खेलाडीलाई समान २५ सय पुरुस्कार दिने घोषणा समेत बेठकले गरेको छ । हरेक पुरुस्कार राशीमा कर कट्टी लागु हुने समेत बैठकले निर्णय गरेको छ ।
साथै बैठकले प्रतियोगितामा टिम दर्ताको लागि ११ हजार शुल्क तोकेको छ भने टिम दर्ता फागुन ७ गते दिउसो १२ बजे सम्म गरिसक्नुपर्ने, उद्घाटन सत्रमा भेट्रान खेलाडी बिच मैत्रिपूर्ण खेल गराउने, हरेक टिममा ११ जना खेलाडी रहने लगायतका निर्णय गरिएको छ ।
खेल संचालनका लागि ५ जना जिल्ला बाहिर र ५ जना जिल्ला भित्रका राष्ट्रिय रेफ्रिी बोलाउने समेत निर्णय भएको छ ।
यस्तै बैठकले प्रतियोगिताको ब्यापक प्रचार प्रसारका लागि जिल्ला स्थित विभिन्न संचारमाध्यमलाई मिडिया पार्टनरको जिम्मेवारी दिने समेत निर्णय गरेको छ भने खेललाई सफल र प्रभावकारी बनाउन भिम कुवँरको संयोजकत्वमा १० सदस्यि यूवा तथा स्वयम सेबक परिचालन समिती समेत गठन गरेको प्रतिष्ठानका सचिव कृष्ण कुवँरले जानकारी दिनुभयो ।









































