HomeFeatureसुनको मूल्यले बनायो नयाँ रेकर्ड, अमेरिका र इरानबीचको तनावका कारण मूल्य वृद्धि

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, अमेरिका र इरानबीचको तनावका कारण मूल्य वृद्धि

काठमाँडौ, 6 जनवरी 2020

सुनको मूल्य प्रतितोला ७६ हजार रुपैयाँ पुगेसँगै नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको मूल्य प्रतितोला ७६ हजार रुपैयाँ पुगेको जनाएको छ । अमेरिका र इरानबीचको युद्धका कारण अन्तराष्ट्रिय बजारमा सुनको माग बढेको र यसको असर नेपाली बजारमा पनि परेको व्यवसायीहरुको भनाई छ ।

नेपाली बजारमा केही दिन यता सुनको मूल्य बढेर दैनिक नयाँ रेकर्ड बन्दै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार प्रतितोला फाइन गुणस्तरको सुनको मूल्य ७६ हजार रुपैयाँ तोकेको छ । यो मुल्य अहिलेसम्मकै उच्च हो । महासंघका अनुसार एक वर्ष यता सुनको मूल्य प्रति तोला १६ हजार २ सय रुपैयाँले बढेको छ । २०७५ पुष २२ गते सुनको मूल्य प्रतितोला ५९ हजार ८ सय रुपैयाँ रहेको थियो । त्यस यता २०७६ माघ ९ गते सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो । तर फेरी एकसाता याता सुुनको मूल्य बढ्ने क्रम सुरु भएको छ ।

सुनको मूल्य बढ्नुको मूख्य कारण अमेरिका र इरानबीचको युद्ध रहेको महसचिव बज्राचार्य बताउनुहुन्छ । अमेरिका र इरानबीचद्ध युद्धको सम्भावना बढेपछि लगानीकर्ताले सुरक्षित लगानीको रुपमा सुनलाई लिएका छन् । त्यस्तै चीन र अमेरिका बीचको व्यापारका विषयमा गत डिसेम्बरमा भएको सम्झौता कर्यान्वयनमा आउन नसक्नुले पनि चिनियाँ लगानीकर्ताले सबैभन्दा बढी सुनमा लगानी बढाएका छन् । त्यसको असर विश्व सुन बजारमा परिरहेको छ । अर्कोतर्फ भारतीय अर्थतन्त्र कमजोर बन्दै गएको र भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँको क्रयशक्ति पनि घटेको छ । यसबाट डलरको भाउ बढ्न गई नेपालमा सुनको मूल्यमा वृद्धि भइरहेको छ ।

विश्व बजारमा सुनको माग अझै बढ्न सक्ने भएकाले फेरिपनि नयाँ रेकर्ड कायम हुन सक्ने सम्भावना रहेको बज्राचार्य बताउनुहुन्छ । उहाँका अनुसार मूल्य बढेसँगै बजारमा खरिद गर्ने भन्दा विक्री गर्न आउनेहरुको भिड लाग्ने गरेको छ । पुष महिनामा नेपाली बजारमा कारोबार न्यून हुने र त्यसमा पनि मूल्य बढेपछि देशैभर दैनिक १÷२ केजि मात्र कारोबार भएको उहाँको भनाई छ ।

विश्वका ठुला मुलुकहरुबीच युद्ध हुँदा लगानीकर्ताले आफ्नो लगानीको सुरक्षाका लागि सुनमा लगानी बढाउँछन् । त्यसैले पनि अहिले सुनको माग अन्तराष्ट्रिय बजारमा बढ्दै गएको छ भने मूल्यमा पनि वृद्धि भएको छ । सोमबार वालस्ट्रेट मार्केटमा सुनको मूल्य प्रति आउन्स १ हजार ५ सय ७७ डलर पुगेको छ । एक महिना अघि प्रति आउन्स सुनको मूल्य १ हजार ४ सय ६५ डलर रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...