काठमाडौँ, २२ फरवरी, २०२०
मूल्य आकाशिएपछि नेपाली बजारमा सुनको बिक्री ह्वात्तै घटेको छ । नेपाल सुनचाँदि व्यवसायीहरुका अनुसार फागुन सुन बिक्रीको सिजन भए पनि कारोबारमा ७० प्रतिशतसम्मले गिरावट आएको हो ।
‘अरु बेला फागुन महिनामा दैनिक ५० किलोसम्म सुन बिक्री हुन्थ्यो‚’ सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । ‘अहिले मुस्किलले १० देखि १५ किलोसम्म मात्रै बिक्री भइरहेको छ ।’ सुनको भाउ यो साता मात्रै तोलामा १६ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च ७८ हजार १०० रुपैयाँ पुगेको छ ।
अन्तराष्ट्रिय बजार हेर्दा मूल्य अझै बढ्ने देखिएको छ । अन्तराष्ट्रिय बजारमा प्रतिऔंश एक डलर मूल्य बढ्दा नेपालमा सुन तोलाको ४० रुपैयाँ महँगो हुन्छ । शुक्रबार बेलुकीसम्मको अन्तराष्ट्रिय बजार हेर्दा प्रतिऔंश १५ डलरसम्म भाउ बढेकाले आइतबार बजार खुल्दा सुनको भाउ तोलाको ७९ हजार रुपैयाँको हाराहारी पुग्ने अनुमान गरिएको हो ।
विश्वमै आर्थिक गतिविधि सुस्त भएका कारण सुनको भाउ बढेको हो । अन्य क्षेत्रको कारोबार सुस्ताएका कारण मानिसहरुले सुनमा लगानी बढाउँदा माग बढेर भाउ पनि बढेको छ । यही गतिमा भाउ बढ्ने हो भने सुनको भाउ प्रतितोला ८० हजार नाघ्ने व्यवसायीको अनुमान छ ।
सुनको मूल्य आकाशियो नेपाली बजारमा अहिलेसम्मकै उच्च ७८ हजार भन्दा माथि
सम्बधित | RELATED
ताजा समाचार | LATEST NEWS
रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका
काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका
काठमाडौं,15 नोभेम्बर 2023
राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...
राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने
राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...
भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै
भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...
अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद
अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...









































