HomeFeatureसुनसरी ४ मा ज्ञानेन्द्रबहादुर कार्की विजयी

सुनसरी ४ मा ज्ञानेन्द्रबहादुर कार्की विजयी

सुनसरी, 1 दिसम्बर 2022 

सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् ।  निर्वाचितलाई सधैं सत्ताको पहुँचमा पुर्‍याइरहने सुनसरी ४ यो पटक पनि तीव्र विवादका बीच अन्तिम निर्णय दिन सफल भएको छ । नेकपा एमालेका एम्मेदवार जगदीश कुसयैतलाई झिनो मतान्तरले हराउँदै कार्की विजयी भएका हुन् । कार्की ३० हजार ४८३ मत सहित बिजयी भए भने उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका जगदिश प्रसाद कुसियैतले ३० हजार ३७१मत ल्याए । निकटतम प्रतिद्वन्द्वी प्रदेश १ का पूर्व वन वातावरण तथा पर्यटन मन्त्री जगदीशप्रसाद कुसियैत बहालवाला सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्कीसँग ११२ मतले पराजित भए । सुनसरी क्षेत्र नं. ४ को मतगणना कोशी गाउँपालिका वडा नं. ८ बाट सुरु भएको थियो । पहिलो १ सय मत गणना गर्दा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुरुवाती अग्रता लिएका थिए ।

प्रदेश १ का पूर्व वन, वातावरण तथा पर्यटन मन्त्री कुसियैतले ३८ मत प्राप्त गर्दा मन्त्री कार्कीले ४५ मत प्राप्त गरेका थिए ।

२०० गणना गर्दा मन्त्री कार्कीले ३० मतान्तरको अग्रता लिएका थिए । घोषणा गरिएको ३ सय, ४ सय ६ सय हुँदै १ हजार २ सय मत गणना गर्दा कार्कीले ५ सय ३० मत प्राप्त गरेका थिए । कुसियैतले ३ सय ८८ र स्वतन्त्र उम्मेदवार खालिद हुसैन हकले १ सय ९ मत प्राप्त गरेका थिए।

कोशी ८, इनरुवा ३, रामधुनी ४, भोक्राहा नरसिंह १ को मत गणना गर्दा समेत कार्कीले १ सय १३ मतको अग्रता लिएका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...