HomeFeatureसुनुवाई समितिद्वारा बेलायत, अमेरिका र भारतको लागि सिफारिस भएका राजदूतको सुनुवाई प्रक्रिया...

सुनुवाई समितिद्वारा बेलायत, अमेरिका र भारतको लागि सिफारिस भएका राजदूतको सुनुवाई प्रक्रिया अघि बढेको छ

काठमाडौं, 2 नवम्बर 2021

संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिले बेलायत, अमेरिका र भारतको लागि सिफारिस भएका राजदूतको सुनुवाई प्रक्रिया अघि बढाएको छ । सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले सरकारबाट सिफारिस भएका राजदूतका बिरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो । केहिदिनअघि बसेको मन्त्रीपरिषद् बैठकले भारतका लागि शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो । समितिले बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन १० दिने सूचना आह्वान गर्ने निर्णय गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । १० दिनको समयपछि प्रस्तावित राजदूतहरुमाथिको थप सुनुवाई अघि बढ्ने सभापति कर्णले बताउनुभयो । सुनुवाई समितिबाट प्रस्तावित नाम अनुमोदन भए राष्ट्रपतिबाट राजदूत नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...