HomeFeatureसुनौली-भैरहवा नाकामा पुलिसको अवैध असुलीले ट्रक चालक हैरान, 22 किमि सम्म ट्रकको...

सुनौली-भैरहवा नाकामा पुलिसको अवैध असुलीले ट्रक चालक हैरान, 22 किमि सम्म ट्रकको जाम

भैरहवा, 15 अक्टोबर 2020

भारतका विभिन्न शहरदेखि सुनौली-भैरहवा नाकामा पुग्ने गरेका ट्रकहरुसँग पुलिसले अवैध असुलीका रुपमा चर्को शुल्क उठाउँदा सीमामा ट्रकहरुको ताँती लागेको छ । पुलिसहरुको अवैध असुलीले चाडपर्वका लागि भन्दै व्यापारीहरुले मगाएको सामान सीमामा रोकिदा ढिलाई भएको व्यपारीहरुले गुनासो गरेका छन । यो थाना नौतनवादेखि पाँच किलोमिटर उत्तर तथा सुनौली-भैरहवा नाकाको दशगजा क्षेत्रदेखि एक किलोमिटर दक्षिणमा थाना कोतवालीको नामले चिनिन्छ । जुन उत्तर प्रदेश राज्यको महाराजगञ्ज जिल्लामा रहेको छ ।

भारतीय भन्सारदेखि दक्षिण 200 मिटरको दूरिमा रहेको थानाले भन्सार कार्यलयको पूर्वमा रहेको पार्किङ्गमा पार्क गरि राखेका गाडीको समेत जबर्जस्ती कागज लैजाने र अनावश्यक असुली लिदै गाडी छोड्दै गरेको छ । नेपाल भित्र छिर्ने गाडीको मात्रै नभई आफ्नै गोदाममा खाली गर्ने गाडीहरुको समेत जबर्जस्ती कागजपत्र लैजादै थाना तिन-चार दिन राख्ने र अढाई हजारदेखि 5 हजार रुपैयाँ सम्म लिएर गाडी छोड्दै गर्नुले व्यपारीहरुमा नैराश्यता बढेको छ ।

पुलिसले गरेको मनमानीका कारण भारतीय भन्सार कार्यलयदेखी दक्षिणी भागमा करिब 22 किलोमीटसम्म ट्रकको लाम लागेको छ । ट्रकले मागेजति रकम नदिएमा पुलिसले ट्रक ड्राइभरको लाइसेन्स, गाडीको आरसी लगायत सबै कागज थानामा लैजाने गरेका छन ।

यसो गर्नाले नेपाली ब्यापारीले समयमा सामान पाउन सकेका छैनन । दशैं तिहारको मौका छोपेर गरिने पुलिसको यो ताण्डव नौलो भने हैन । हरेक वर्ष यिनिहरुको तान्डव हुने गर्छ, तर सरकारकै बदना गर्नेगरि गरिएको निन्दनीय कार्य भने यो वर्ष पहिलो नै रहेको बुझिएको छ ।

पुलिसको अवैध असुलीले पीडिच ट्रकका चालकहरुले आफुहरुले सरकारलाई दिनुपर्ने टोल ट्याक्स र अन्य करहरु तिरिरहेकाले पुलिसले यसरी गरिरहेको मनोमानीमा प्रदेश सरकारको ध्यान छिटो जानुपर्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...