कंचनपुर, 15 फरवरी 2020
महेन्द्रनगरको कबर्डहलमा आज भएको फाइनल खेलमा ३ विकेटको जित निकाल्दै एनआइसी एसिया बैंकले सुपर सिक्स कर्पोरेट क्रीकेट कप २०२० को उपाधी हात पारेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नबिल बैंक ५.४ ओभरमा अल आउट हुँदै ५१ रन मात्र बनाउन सफल भएको थियो । नबिल बैंकको लागि गणेश धामीले १३ बलको सामना गर्दै २२ रन बनाएका थिए भने अभिशेक घिमिरेले ७ बलमा १२ रनको योगदान गरेका थिए । एन आइसी एसिया बैंकका हरिश चन्द , हरिश गिरि र महेश शाहीले समान १-१ विकेट हात पारेका थिए ।
५२ रनको विजयी लक्ष पाएको एनआइसी एसिया बैंकले २ विकेट गुमाउदै ४.३ ओभरमा लक्ष्य पूरा गरेको हो । एनआइसी एसिया बैंकका लागि महेश शाहीले १८ बलमा अविजित ४० रन योगदान गर्दै आफ्नो टिमलाई जित दिलाए। नबिल बैंकका अभिशेक घिमिरेले २ विकेट लिएका थिए। फाइनल खेलका म्यान अफ द म्याच महेश शाही घोषित भएका थिए ।
समापन समारोहमा सभापति निर्मल पाठक, प्रमुख अतिथी कंचनपुर जिल्ला क्रीकेट संघका अध्यक्ष बिरेन्द्र चन्द, विशिस्ट अतिथी कंचनपुर डेभलपमेन्ट बैंकका सिइओ बिरुराम जैसी र खप्तड इन्डोर स्पोर्ट्स एण्ड एकेडेमीका उद्दब राज जोशीको उपस्थिती रहेको थियो । प्रतियोगिताको विजेता बन्दै एनआइसी एसिया बैंकले नगद ७० हजारसहित ट्रफी प्रमाणपत्र मेडल र द्दितिय नबिल बैंकले नगत ३५ हजारसहित ट्रफी प्रमाणपत्र मेडल प्राप्त गरेको थियो।
प्रतियोगिताको सिरिज नबिल बैंकका अभुशेक घिमिरे , बेस्ट ब्याट्सम्यान नबिल बैंकका गणेश धामी र बेस्ट बलर एनआइसी एसिया बैंकका हरिश गिरि घोषित भएका थिए।









































