HomeFeatureसूचना प्रविधिले पारदर्शीता र सुशासनमा महत्वपूर्ण भूमिका खेलेको छ: नगर प्रमुख वड

सूचना प्रविधिले पारदर्शीता र सुशासनमा महत्वपूर्ण भूमिका खेलेको छ: नगर प्रमुख वड

कैलाली, 6 फरवरी 2020/ हिम शाह

धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले सूचना प्रविधिले जनप्रतिनिधिलगायत सरकारी तथा गैरसरकारी संघसंस्थाहरुलाई पारदर्शी बनाएर सुशासनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ। बिहिबार धनगढीमा नेपालमा सार्वजनिक क्षेत्रको जवाफदेहिताका लागि प्रविधिको दिगो प्रयोग सुशासन प्रर्वधनमा सूचना प्रविधिको महत्व सम्बन्धमा सञ्चारकर्मीहरुसँगको अन्तरक्रियात्मक गोष्ठीलाई सम्बोधन गर्दै नगरप्रमुख वडले सूचना प्रविधिले सुशासनमा अग्रणी भूमिका खेलेको बताउनुभयो। उहाँले उपमहानगरपालिकाले सूचना प्रविधिलाई अवलम्बन गरि आफ्नो डाटा पोर्टलमार्फत नगरसभाबाट हुने विभिन्न किसिमका निर्णय, बजेट, योजनालगायत कार्यसम्पादनका गतिविधि जनमानसमा सजिलै पुर्‍याइरहेको दावी गर्नुभयो।

कार्यक्रममा ग्राम विकास तथा अनुसन्धान केन्द्र धनगढीका अध्यक्ष दीर्घराज उपाध्यायले सूचना तथा प्रविधिकै माध्यमबाट जनप्रतिनिधि र स्थानीय सरकारलाई जवाफदेही र उत्तरदायी बनाउने उद्देश्य रहेको बताउनुभयो।

सुशासन परियोजनाका जिल्ला संयोजक ठाकुर करियाप्रधानले स्थानीय तहले सञ्चालनमा ल्याएका डाटा पोर्टलबारे जानकारी आमजनतासामू पुर्‍याउन मिडियाकर्मीको महत्वपूर्ण भूमिका रहेको भन्दै सम्पूर्ण मिडियाकर्मीलाई डाटा पोर्टलबारे प्रचार-प्रसार गरिदिन आग्रह गर्नुभयो।

ग्राम विकास तथा अनुसन्धान केन्द्रको आयोजना र धनगढी उपमहानगरपालिकाको सहकार्यमा भएको कार्यक्रमा विभिन्न मिडियामा आवद्ध सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...