धनगढी, 25 अप्रेल/ हिम शाह
सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीकी कोरोना संक्रमित महिलाको चौथो रिपोर्ट पनि पोजेटिभ आएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर 5 की 34 वर्षीया महिलाको चौथो पटक गरीएको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको अस्पताल स्रोतले जनाएको छ।
उनलाई चैत 22 गते कोरोना पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएको थियो। अहिलेसम्म उनको चार पटक परीक्षण भईसकेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताउनुभयो। अहिले अस्पतालको आईसोलेशन वार्डमा उनको मात्र उपचार चलिरहेको छ।
सुदूरपश्चिमका 5 जना कोरोना संक्रमित मध्ये 4 जना पूर्ण रूपमा सन्चो भएर घर फर्किसकेका छन्।









































