धनगढी, 28 अप्रेल / हिम शाह
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत महिलाको पाँचौँ कोरोना रिपोर्ट पनि पोजेटिभ आएको छ। उनको यसअघिका रिपोर्टहरू समेत सबै पोजिेटिभ देखिदैँ आएको छ। 25 दिनदेखि अस्पतालमा उपचार गराइरहेकी धनगढी उप–महानगरपालिका वडा नम्वर 5 की 34 वर्षीया महिलाको पाँचौँ पटक गरिएको थ्रोट स्वाब परीक्षणमा पनि कोरोना रिपोर्ट पोजेटिभ नै देखिएको हो। अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले समेत रिपोर्टको पुष्टि गर्नुभएको छ।
नेपालमा कोरोना संक्रमितहरूको कुल संख्या 54 पुगेको छ। आज रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या 54 पुगेको छ।
अहिले कोशी अस्पतालमा सबैभन्दा बढी 31 जनाको उपचार भइरहेको छ। नारायणी अस्पतालमा 3, चितवनमा 3 र सेती प्रादेशिक अस्पतालमा 1 जना संक्रमित उपचार चलिरहेको छ भने 16 जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।









































