HomeFeatureसेनाको गाडी दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

सेनाको गाडी दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

घोराही,१३ फरवरी,२०२०
सल्यान जिल्लामा नेपाली सेनाको गाडी दुर्घटना भएको छ । दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ६ जना घाइतेको उद्धार गरिएको छ ।

बुधबार सल्यानबाट दाङतर्फ आउँदै गरेको सपुत गण ब्यारेक सल्यानको लु १ ग १२३ नम्बरको गाडी कपुरकोट गाउँपालिका-३ चोरखोलामा दुर्घटना भएको हो ।

गाडीमा सवार ७ जनामध्ये सेनाका जमदार यादवप्रसाद घरेलको मृत्यु भएको छ । घाइते हुनेहरूमा सेनाका मेजर इश्वर सिलवाल, विपिन श्रेष्ठ, मोहन थापा, जयप्रसाद बोहरा, विशाल गुरुङ, रोशन हित रहेका छन् ।

गाडी करीब ५ सय मिटर तल खसेको थियो । घाइतेहरूलाई थप उपचारको लागि सेनाको हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ ।

गाडीमा अन्य हतियार नभएको र व्यक्तिगत सबै हतियार भेटिएको सेनाले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...