HomeFeatureसोमबारबाट नेपाली र अमेरिकी सेनाबीच सैन्य अभ्यास

सोमबारबाट नेपाली र अमेरिकी सेनाबीच सैन्य अभ्यास

29 अक्तूबर 2021

नेपाली सेना र अमेरिकी सेनाबीच यही कात्तिक १५ गते (सोमबार) बाट ‘टीक नेल’ नामक सैन्य  अभ्यास सुरु हुने भएको छ।  ‘टीक नेल’ अभ्यास विपद् व्यवस्थापनमा केन्द्रीत हुनेछ । नेपाली र अमेरिकी सेनाबीचको सैन्य अभ्यास काठमाडौं र पोखरामा हुनेछ । मुलुतः पानी र हिमालमा फसेकाहरुलाई कसरी उद्धार गरिन्छ भन्ने बारेमा अभ्यास केन्द्रीत रहने छ ।  अमेरिकी सेनाहरु पानी र हिमाली क्षेत्रमा उद्दारका लागि निपूर्ण मानिन्छन् । अभ्यासका क्रममा अमेरिकी सेनाले हिमाली क्षेत्रमा फसेकाहरुलाई गरिने उद्दारका बारेमा नेपाली सेनालाई तालिम दिनेछन् ।  सैनिक प्रवक्ता सन्तोष बल्लभ पौड्यालले नेपाली सेना र अमेरिकी सेनाबीच हुने तालिमको तयारी पूरा भएको बताए । सैनिक प्रवक्ता पौड्यालले अन्नपूर्णसँग भने, ‘विपद् व्यवस्थापन केन्द्रीत तालिम हो। तालिमले नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न सहयोग पुर्‍याँउछ ।’ अभ्यास झण्डैं एक महिनासम्म चल्ने छ। ‘टीक नेल’  सैन्य अभ्यासको यो २२ औं संस्करण हो । यसअघिका २१ वटा संस्करण नेपालमा भएका थिए । नेपाली सेनाका अभ्यासमा ५० र अमेरिकी सेनाका विशेष २० जना फौज सहभागी हुनेछन् । विपद् व्यवस्थापनको तालिमका लागि अमेरिकी सेनाले नेपाली सेनालाई उपलब्धिमुलक सहयोग गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...