HomeFeatureसोमबार काठमाडौंमा चल्ने अधिकांश सार्वजनिक यातायात साधन सेवा बन्द

सोमबार काठमाडौंमा चल्ने अधिकांश सार्वजनिक यातायात साधन सेवा बन्द

काठमाडौं, 4 अक्तूबर 2021

भाडा समायोजनको माग राख्दै काठमाडौंमा चल्ने अधिकांश सार्वजनिक यातायातका साधनले सोमबार सेवा बन्द गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको आह्वानमा काठमाडौं उपत्यकाभित्र र छोटो दूरीमा चल्ने सवारीको सेवा बन्द गरिएको हो । यातायात व्यवसायीहरुले उपत्यकाका बिभिन्न स्थानमा सडकमा नै आफ्ना बस, ट्याक्सि लगाएतका सवारी रोकेका छन् । व्यवसायीको प्रदर्शनका कारण चक्रपथमा गाडीको आवागमन प्रभावित भएको छ । अन्य समयको तुलनामा सोमबार गाडी कम हुँदा सडकमा सर्वसाधारण समस्यामा परेका छन् । ट्याक्सि यातायात व्यवसायी टेकराज सोडारीले पटक पटक भाडा समायोजन गर्न आग्रह गर्दा पनि वाग्मती प्रदेश सरकारले वास्ता नगरेपछि विरोध गर्नुपरेको बताउनुभयो । सरकारले आफुहरुको माग पुरा नभएको भन्दै यसअघि यातायात व्यवसायीहरुले स्वघोषित रुपमा भाडा बढाएका थिए । तर आफुखुसी भाडा बढाएको भन्दै ट्राफिक प्रहरीले कारवाही गरेको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...