HomeFeatureस्काउट विवाद: स्काउट बचाउ अभियानद्वारा भण्डारी संयोजक रहेको तदर्थ समिति अवैधानिक र...

स्काउट विवाद: स्काउट बचाउ अभियानद्वारा भण्डारी संयोजक रहेको तदर्थ समिति अवैधानिक र असक्षम भएको भन्दै खारेज गर्न सम्बन्धित निकायसँग माग

काठमाडौं, 3 मार्च 2022

नेपाल स्काउटलाई बचाउन लोकबहादर भण्डारी संयोजक रहेको तदर्थ समिति खारेज गरि तत्काल नेपाल स्काउटका सबै निकायको निर्वाचन गर्न स्काउट बचाउ अभियानले माग गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मलेन गर्दै अभियानले भण्डारी संयोजक रहेको तदर्थ समिति अवैधानिक र असक्षम भएको भन्दै खारेज गर्न सम्बन्धित निकायसँग माग गरेको हो ।  अभियानले स्काउट कार्यक्रमको बाहनामा नेपाल सरकारको आर्थिक नियमावलीविपरित खर्चहरु गरेको र जसको कारण नेपाल स्काउटमा चरम भ्रष्टाचार भएको पनि दाबी गरेको छ । स्काउटलाई राजनीतिक दलको भर्तीकेद्र बनाउने व्यक्तिहरुलाई समेत कारबाहीको गर्न अभियानले माग गरेको छ । अभियानले तदर्थ समितिले आर्थिक लाभका कारण नेपाल स्काउटको सार्वजनिक जग्गामा बिना टेण्डर व्यापारीक प्रयोजनको लागि भाडामा दिई संरचना बनाउन दिएकोमा पनि आपत्ति जनाएको छ । पत्रकार सम्मेलनमा स्काउटको सल्लाहकार तथा गल्र्स सह–प्रमुख पुष्पलता भट्टराईले तदर्थ समितिले स्काउटको मुल्य, मान्यता र तालिमको मर्मविपरित काम गरेको आरोप लगाउनुभयो । अभियानले नेपाल स्काउटको स्कार्प र लेटरप्याड परिवर्तन गरेकोमा पनि आपत्ति जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...