HomeFeatureस्कुले बालकको खातामा ९ अर्ब ६० करोड रुपैयाँ आए पछि.....

स्कुले बालकको खातामा ९ अर्ब ६० करोड रुपैयाँ आए पछि…..

16 सितम्बर 2021

भारतको बिहारका २ जना स्कुले बालकको खातामा ९ अर्ब ६० करोड रुपैयाँ जम्मा भएको पाइएपछि सबै चकित परेका छन् । बिहारको कटिहारमा यी स्कुले बालकको खातामा यति धेरै रकम देखेपछि ती छात्रहरुका साथै बैंक अधिकारीहरु पनि चकित परे । यो कुरा त्यस क्षेत्रमा फैलिएपछि अरु मानिसहरुले पनि आफ्नो खाता चेक गर्न थाले । त्यसपछि बैंकमा खाता चेक गर्ने मानिसहरुको लाइन लाग्यो ।

हिन्दूस्तान दैनिकलाई उद्धृत गर्दै हिन्दूस्तान टाइम्सले जनाएअनुसार यी दुई बालक स्कुल पोसाकको लागि बिहार सरकारले बैंक खातामा पठाइदिने रकमबारे जानकारी लिनको लागि आजमनगर थाना क्षेत्रको पस्तियाँ गाउँको एसबीआइ बैंकको शाखामा गएका थिए । यी दुईले बैंकमा गएर आफ्नो खाताको जानकारी मागेपछि उनीहरुको खातामा यति धेरै रकम जम्मा भएको खुलासा भएको हो ।

रिपोर्टका अनुसार यी दुईको बैंक खातामा ९ अर्ब ६० करोड रुपैयाँ आएको थियो । दुई छात्रमध्ये एक गुरुचन्द्रको खातामा ६० करोड रुपैयाँ जम्मा भएको थियो भने असित कुमारको खातामा ९ अर्ब रुपैयाँ जम्मा भएको थियो । यो सुनेर यी दुई छात्र, उनीहरुको आसपास भएका सेवाग्राहीसहित बैंकका कर्मचारी पनि चकित परेका थिए । यही बीचमा बैंकका म्यानेजरले यसबारे जानकारी पाएपछि दुवै खाताको भुक्तानी रोकिदिएका छन् । उनका अनुसार यस विषयमा जाँच भइरहेको छ । बैंकका बरिष्ठ अधिकारीलाई यसबारे जानकारी दिइसकिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...