मेस्सीले २०२६ को विश्वकप नखेल्ने
दिल्ली, 15 जुन 2023
अर्जेन्टिना फुटबल टिमका कप्तान तथा स्टार फरवार्ड लियोनल मेस्सीले सन् २०२६ को फिफा विश्वकप नखेल्ने बताएका छन् ।
गत वर्ष कतारमा आयोजना भएको फिफा विश्वकपको उपाधि अर्जेन्टिनालाई दिलाएपछि मेस्सीले बारम्बार आफूले २०२६ मा अमेरिका, मेक्सिको र क्यानाडामा संयुक्त रुपमा आयोजना हुने विश्वकप नखेल्ने बताउँदै आएपनि उनका समर्थकहरु भने आशावादी थिए ।
अस्ट्रेलियाविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि चीनमा रहेका ३५ वर्षीय मेस्सीले कतारको विश्वकप नै आफ्ना लागि अन्तिम भएको तथा अबको विश्वकप नखेल्ने प्रस्ट पारे ।
यो समाचार पनि पढनुहोस्…
- नेपालमा शुक्रबार ५ विदेशी फिल्म रिलिज हुँदै
- यशले गरे रावण बन्न अस्वीकार
- मिस्टर एण्ड मिस किड्स स्टार इन्टरनेसनल २०२३
- विमानस्थलबाट जर्मन नागरिक पक्राउ
- रास्वपामाथि अन्य दलहरुबाट घेराबन्दी