HomeFeatureस्थानीय तहको चुनाव शान्तिपूर्ण र निष्पक्ष ढंगले हुन नसकेको ओलीको आरोप

स्थानीय तहको चुनाव शान्तिपूर्ण र निष्पक्ष ढंगले हुन नसकेको ओलीको आरोप

काठमाडौं, 26 मई 2022

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनाव शान्तिपूर्ण र निष्पक्ष ढंगले हुन नसकेको आरोप लगाउनुभएको छ । बिहीबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै ओलीले चुनावमा सत्ता पक्षले धाँधली गरेको आरोप समेत लगाउनुभयो । उहाले एमालेलाई पत्तासाफ गरिदिने सत्ता गठबन्धनको घोषित नीति नै भएको भन्दै बुथ नै कब्जा गरेर सत्तापक्षले चुनाव जितेको उल्लेख गर्नुभयो । उम्मेदवारलाई थुनेर, बुथ कब्जा गरेर, सत्तापक्षले बुथ कब्जा गर्दा प्रहरी निरीह भएर हेरेर बसेको उहाको भनाई छ । ओलीले गठबन्धनले निर्वाचन गर्न नचाहिरहेको अवस्थामा एमालेको दवावका कारण निर्वाचन सम्भव भएको तर्क गर्नुभयो । ओलीले अहिले निर्वाचनमा धाँधली गर्ने कुरामा नयाँ कीर्तिमान नै कायम भएको धारणा राख्नुभयो । उहाले एमाले शसक्त पार्टी भएकाले आम निर्वाचनपछि सरकारमा आउने दावी गर्नुभयो ।नीति तथा कार्यक्रममा सबै नेपाली बिच सद्भाव र सहमति हुने उल्लेख गरिएको तर प्रतिपक्षीलाई सिद्धाउने गठबन्धनको नीति मेल नखाएको उहाले बताउनुभयो । ओलीले सरकारको नीति तथा कार्यक्रम गन्तव्यबिहिन भएको र जनता अल्मल्याउने कुरा मात्र राखिएको बताउनुभयो । सरकारको नीति तथा कार्यक्रम अनुसार नै आगामी आर्थिक बर्षको बजेट आए मुलुकको आर्थिक क्षेत्र थप संकटमा पुग्ने उहाले बताउनुभयो । ओलीले सरकारको कार्यक्रममा पपुलिस्ट, गैरजिम्मेवार, अनुत्तरदायी प्रवृत्ति र अर्थतन्त्रमाथी खेलबाड गर्ने प्रवृति बजेटले पुष्टि गर्ने देखिएको तर्क गर्नुभयो । त्यस्तै उहाले अमेरिकी उपविदेशमन्त्री उज्रा जियाको भ्रमणका क्रममा सरकारले असंलग्न परराष्ट्र नीति उल्लंघन गरेको आरोप लगाउनुभयो । नेपाल एक चीन नीतिमा छ कि छैन भन्ने बिषयमा प्रधानमन्त्रीले स्पष्ट जवाफ दिनुपर्ने उहाले बताउनुभयो । ओलीले निर्वाचन सम्पन्न हुनेबितिकै मूल्यवृद्धि गरेर सरकारले जनतालाई धोका दिएको आरोप लगाउनुभयो । उहाले वर्तमान सरकार बनेपछि मुल्यबृद्धिले नकारात्मक कीर्तिमान कायम गरेको धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...