HomeFeatureस्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दवाव दिने नेकपा एमालेको निर्णय

स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दवाव दिने नेकपा एमालेको निर्णय

काठमाडौं, 31 जनवरी 2022

नेकपा एमालेले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दवाव दिने निर्णय गरेको छ । पार्टी कार्यालय थापाथलीमा सोमबार बसेको एमाले केन्द्रीय कार्यालय बैठकले बैशाखभित्रै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नका लागि सम्पूर्ण शक्तिका साथ सरकारलाई दवाव दिने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दवाव दिन देशव्यापी अभियान चलाउनका लागि जनसंगठनलाई निर्देशन दिने निर्णय गरेको उहाले बताउनुभयो । त्यस्तै उहाले पार्टीका तर्फबाट सरकारको ध्यानाकर्षण गर्ने र आवश्यक परे प्रधानमन्त्रीसमक्ष हाइलेभन डेलिगेशन जाने निर्णय भएको उहाले बताउनुभयो । केन्द्रीय कार्यालय बैठकले आसन्न स्थानीय निर्वाचनमा पार्टीका सम्पूर्ण मातहत कमिटहरुलाई तयारीमा जुट्न निर्देशन दिएको भट्टराईले बताउनुभयो । बैठकले सचिवालय बैठकमा पेश गर्ने एजेण्डा पनि तय गरेको छ । राष्ट्रियसभा निर्वाचनको मत परिणामलाई हेर्दा एमालेको मतसंख्या बढेको र गठबन्धनको औचित्य नरहेको देखिएकाले यसको समिक्षा सचिवालय बैठकमा गर्ने निर्णय भएको छ । त्यस्तै १६ जिल्ला बाहेकका जिल्लामा भएको अधिवेशनले पार्टीलाई व्यवस्थीत गर्ने काम भएको भन्दै बैठकले प्रदेश कमिटीको निर्वाचनका सम्बन्धमा पनि सचिवालयमा छलफल गर्ने निर्णय गरेको भट्टराईले जानकारी दिनुभयो । त्यस्तै बैठकले पार्टी बिधान अन्तर्गत रहेर पार्टी संचालका लागि नियमावलीलाई अगाडी बढाउनुपर्ने भएकाले नियमावलीको ड्राफ्ट सचिवालय बैठकमा पेश गर्ने निर्णय गरेको छ । जनसंगठन परिचालनको निर्देशिका , आर्थिक निर्देशिका लगाएत पार्टीका आन्तरिक कामलाई व्यवस्थापन गर्नका लागि भएका कामहरुलाई सचिवालयको बैठकमा प्रस्तुत गर्ने निर्णय भएको भट्टराईले बताउनुभयो । एमाले विधानमा महासचिव नेतृत्वको केन्द्रीय कार्यालयमा उपमहासचिव र सचिवहरू सदस्य रहने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...