स्याङजा, खुम गुरुङ, 31 डिसेम्बर
गुरुङ समूदायहरुले हिजो बुधवार तमु ल्होसार पर्व मनाएका छन । सोही क्रममा स्याङजा जिल्लाको वालिङ नगरपालिका वडानं 4 बस्यानीमा पनि तमु ल्होसार भव्य कार्यक्रमका साथ मनाइएको छ । तमु क्होईबो समितीका अध्यक्ष टेक प्रसाद गुरुङ र प्रमुख अथिती वालिङ नगरपलिका वडा नम्बर 4 का अध्यक्ष रणध्वज गुरुङले उद्घाचन गरेको कार्यक्रममा पच्यू गुरू खोम गुरूङको नेतृत्वमा तमुहरुको पवित्रस्थल क्होईबोद्वारा पूजार्चना समेत गरिएको थियो । पौष 14 गते राति 12 बजे धनुषवाण फाली मुसा बर्गलाई बिदाई गरी गाई बर्गलाई स्वागत गरिएको थियो। दिउँसो आमा समुह, युवा क्लब एवं अथितीहरूले ऱ्याली समेत निकालेका थिए ।

साँझ क्होईबो समितीका सचिव मुक्तिमान गुरूङ तथा कोषाध्यक्ष बिष्णु गुरूङले सांस्कृतिक कार्यक्रमको संचालन गरेका थिए। तमु ल्होसार कार्यक्रम रात्री भोज (स्योकै) पश्चात समापन गरीएको थियो ।









































