दिल्ली, 5 नवम्बर 2022
स्वतन्त्र भारत अर्थात् ‘आजाद भारत’का पहिलो मतदाता श्याम सरन नेगीको निधन भएको छ । हिमाचल प्रदेशको किन्नौर निवासी नेगीको आज बिहान १०५ वर्षको उमेरमा निधन भएको हो । उनलाई भारतीय लोकतन्त्रको जिउँदो इतिहास मानिन्थ्यो । हिमाचल प्रदेशका मुख्यमन्त्री जयराम ठाकुरले नेगीको निधनमा दुःख व्यक्त गरेका छन् । पेशाले शिक्षक रहेका उनले स्वतन्त्र भारतको पहिलो मतदाताको रुपमा सन् १९५१ को २५ अक्टुबरमा मतदान गरेका थिए । पछिल्लो पटक उनले गत नोभेम्बरमा भएको विधानसभा निर्वाचनमा भोट हालेको हिमाचल प्रदेशका मुख्यमन्त्री ठाकुरले उल्लेख गरेका छन् । उनलाई भारतीय लोकतन्त्रको जिउँदो इतिहास पनि मानिन्थ्यो ।









































