HomeFeatureस्वदेशी बस्तुमा आत्मनिर्भर हुनका लागि कृषि क्षेत्र प्राथमिकतामा: अर्थमन्त्री

स्वदेशी बस्तुमा आत्मनिर्भर हुनका लागि कृषि क्षेत्र प्राथमिकतामा: अर्थमन्त्री

काठमाडौं, 20 जून 2022

अर्थमन्त्री जनार्दन शर्माले स्वदेशी बस्तुमा आत्मनिर्भर हुनका लागि कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको बताउनुभएको छ । सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग समिति बैठकमा अर्थमन्त्री शर्माले बिभिन्न बस्तुहरुलाई आयात गर्दा व्यापार घाटा बढ्ने र मूल्यबृद्धि समेत भएकाले स्वदेशी बस्तुमा आत्मनिर्भर हुनका लागि कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको बताउनुभएको हो । अर्को धानमा आत्मनिर्भर हुनका लागि पनि सरकारले अध्ययन गरिरहेको उहाको भनाई छ । अर्थमन्त्री शर्माले आगामी आर्थिक बर्षको बजेटमा अनावश्यक रुपमा करको दायरा हेरफेर नगरिएको समेत बताउनुभयो । त्यस्तै उहाले स्वदेशी सेनेटरी प्याडको उत्पादनले समेत माग धान्न नसकेका कारण बाहिरबाट आउने सेनेटरी प्याडमा कर छुट दिइएको जिकिर गर्नुभयो । उहाले स्वदेशी उद्योगलाई ध्वस्त पार्ने सरकारको कुनै योजना नरहेको भन्दै उद्योगी मैत्री बजेट आएको बताउनुभयो । बैठकमा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले उद्योगलाई सहज सञ्चालनका लागि सरकारले आवश्यक सहजिकरण गर्ने बताउनुभयो । उहाले बन्द भएका उद्योगहरुलाई सञ्चालनका लागि नीजि क्षेत्रको सहयोग लिइने धारणा राख्नुभयो । त्यस्तै मन्त्री बडूले पेट्रोलियम पदार्थको मूल्यबृद्धि बाध्यात्मक अवस्था भएको जिकिर गर्नुभयो । पेट्रोलियम पदार्थमा लगाइएको कर १० रुपैया घटाइएको र त्यो भन्दा बढि घटाउन नसक्ने उहाले स्पष्ट पार्नुभयो । उहाले पेट्रोलियम पदार्थ खरिद भन्दा बिक्रि मूल्य कम हुदा अझै पनि घाटा नै रहेको बताउनुभयो । जनतालाई थप मारमा नपार्नका लागि ग्यासमा मूल्यबृद्धि गर्न नदिएको उहाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...