HomeFeatureस्वास्थ्य अवस्था गम्भीर अवस्थामा पुगेको भन्दै देशभर रेड अर्लट घोषणा

स्वास्थ्य अवस्था गम्भीर अवस्थामा पुगेको भन्दै देशभर रेड अर्लट घोषणा

काठमाण्डौ, 12 मई 2021

कोभिड १९ को संक्रमण बढ्दै गएपछि संघले नागरिकको स्वास्थ्य अवस्था गम्भीर अवस्थामा पुगेको निष्कर्षका साथ बुधबार देशभर रेड अर्लट घोषणा गरेको हो । बढ्दो संक्रमितको संख्यालाई नेपालको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्थामा पुगेको भन्दै संघले सरकार, राजनीतिक दल, नागरिक समाज, वुद्धिजीवी र सर्वसाधरणलाई एकजुट भएर महामारी विरुद्ध लड्न अपिल पनि गरेको छ । संक्रमितहरु अस्पताल आउन नपाएको, आएकालाई अस्पतालले फर्काएको,बचाउन सक्ने अवस्था हुदाहुदै अक्सिजनको अभावमा विरामीको ज्यान जाने गरेका लगायत हृदयविदारक दृश्यहरु देखिनु निकै पीडादायी भएको भन्दै संघले नागरिकको जीवन रक्षा भन्दा ठूलो अरु नभएको तर्फ सरकारको ध्यानाकर्षण गराएको छ । संघले कोभिडको पहिलो लहरमा नै आवश्यक स्वास्थ्य व्यवस्थाका तयारी नगर्ने हो भने भयावह अवस्था आउन सक्छ भनेर निरन्तर झकझकाईरहे पनि सरकार, राजनीतिक दल लगायत सरोकारवालाहरु गम्भीर नबन्दा ठूलो संख्यामा नागरिकले ज्यान गुमाउनु परेको जनाएको छ । संघका महासचिव डाक्टर बद्री रिजालले महामारी भयावह बन्दै गएकाले राजनीतिक जोडघटाउलाई बन्द गरी सरकारसंगै सबै वर्ग र तप्काहरु महामारी विरुद्धको लडाईमा एकजुट हुन आव्हान गरिएको बताउनुभयो । उहाँले महामारीमा नागरिकको जीवन रक्षा गर्न संघले देशभर रेर्ड अर्लट जारी गरी सबैलाई कोभिड विरुद्धको लडाईमा एकत्रित हुन अपिल गर्नुभयो । संघले स्वास्थ्य क्षेत्रमा देखिएका अभाव तुरुन्तै सम्बोधन गर्न र उपचारमा आवश्यक पर्ने अक्सिजन, बेड लगायत अत्यावश्यक सामाग्रीको उपलब्धता गराई नागरिकको जीवन रक्षा गर्न आग्रह गरेको पनि उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो “नेपाल चिकित्सक संघले राजनीतिक दलहरु लगायत सम्पुर्णलाई एउटा अपिल गरेको छ । कोरोनाको दोश्रो लहरमा मानिसहरु संक्रमित हुने र मृत्यु हुने दर बढ्दै गईरहेको अवस्थामा विरामीहरुले वेडको अभाव र अक्सिजनको अभावमा जीवन गुमाईरहेका छन् । यस्तो विषम परिस्थितिमा पनि देश र सरकारको ध्यान कोभिड महामारी भन्दा अन्यत्र गएको हुनाले सम्पुर्ण राजनीतिक दल, सरकार, बुद्धिजीवी, नागरिक समाजलाई अहिलेको विषय परिस्थितिमा कोरोना विरुद्ध लड्न र चेन तोड्नका लागि संघले रेर्ड अर्लट जारी गरेको छ । जनताको जीवन खतरामा रहेको छ । त्यसैले संघले सम्पुर्ण उपायहरु अबलम्बन गरी नागरिकको जीवनरक्षा गर्न अपिल गर्दछ । ”

उहाँले विषम परिस्थितिमा आफ्नो ज्यान जोखिममा राखेर उपचारमा खटिएका चिकित्सकमाथि हातपात भएको र त्यस्ता घटनाले चिकित्सकको मनोबल उच्च रहन नसक्ने भएकाले चिकित्सकमाथि हुने हातपातका घटना रोक्न र संलग्नलाई कारवाही गर्न सरकारसंग माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...