काठमाडौं, 8 अक्तूबर 2021
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ प्रधानमन्त्री कार्यालयमा सरुवा हुनु भएको छ । प्रधानमन्त्री देउवाले साउन १० गते श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका थिए । देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दा उनलाई राज्यमन्त्रीकै हैसियतमा प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको हो । श्रेष्ठको ठाउँमा भने नयाँ स्वास्थ्य राज्यमन्त्रीको रुपमा भवानी प्रसाद खापुङ नियुक्त हुनु भएको छ । फुल मन्त्रीको रुपमा यस्तै एकीकृत समाजवादीबाट विरोध खतिवडा नियुक्त हुनु भएको छ ।









































