हङकङ, २६ फरवरी, २०२०
हङकङको वान चाई स्थित एक निजी भवनको ७ तला माथिबाट हाम फालेर आत्महत्या गर्ने एक नेपाली युवतीको पहिचान खुलेको छ ।
फेब्रअरी २२ का दिन घरको छतबाट हाम फालेर आत्महत्या गरेकी नेपाली युवती धरानकी २९ वर्षीया वर्षिका राई रहेको खुलेको छ । प्राप्त जानकारी अनुरसार पुख्यौली घर खोटाङ भई लामो समयदेखि परिवार छाडेर हङकङमा बस्दै आएकी राई अविवाहित रहेको र उनका बाबुआमालगायतका परिवार बेलायतमा बस्दै आएको छन् भने उनकी दिदी सिंगापुरमा रहेको उनका आफन्तले बताएका छन् ।
वर्षिकाले आत्महत्या गर्नुभन्दा पहिला सिंगापुरमा रहेकी दिदीसँग लामो कुराकानी गरेको पनि खुलेको प्रहरी अनुसन्धानले देखाएको छ ।
राईलाई नजीकबाट चिन्नेहरुले उनले डिप्रेशनको कारण आत्महत्या गरेको हुन सक्ने बताएका छन् भने उनी एकान्तमा बस्न मनपराउने, भिडभाडमा झर्कने, अरुको कुरामा ध्यान नदिने, तथा अस्वभाविक कुरा गर्ने गरेको पनि बताइएको छ ।