काठमाडौं, 17 फरवरी 2022
नेपालबाट हङकङ जाने यात्रुलाई उक्त मुलुकले प्रवेशमा रोक लगाएको छ । काठमाडौंबाट हङकङले जाने यात्रुलाई रोक लगाएसँगै २० फागुनसम्म निर्धारित सबै उडान रद्द भएको नेपाल एयरलाइन्सले जनाएको छ । हङकङले पछिल्लो समय २९ माघदेखि नेपालबाट जाने यात्रुलाई प्रवेशमा रोक लगाएको हो । नेपालबाट जाने यात्रुमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिन थाल्ने बित्तिकै हङकङले काठमाडौंबाट हुने उडानमा रोक लगाउँदै आएको छ । नेपाल एयरलाइन्सबाट टिकट लिइसकेका यात्रुले टिकटको मिति सार्न सक्नेछन् ।









































