Homeसमाचारहमासले रिहा गर्न थाल्यो बन्धक बनाइएका व्यक्ति

हमासले रिहा गर्न थाल्यो बन्धक बनाइएका व्यक्ति

हमासले रिहा गर्न थाल्यो बन्धक बनाइएका व्यक्ति

काठमाडौं, 20  अक्टोबर 2023

इजरायलसँग युद्ध गरिरहेको प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाइएका मानिसलाई छाड्न सुरु गरेको छ।

यही अक्टोबर ७ मा भएको आक्रमणमा बन्धक बनाइएका दुई अमेरिकी महिलालाई हमासले रिहा गरेको हो। आक्रमणपछि बन्धकको यो पहिलो रिहाइ हो।

बीबीसीका अनुसार मानवीय कारण आमा र छोरीलाई रिहा गरिएको हमासले जनाएको छ। बन्धकहरूको रिहाइका लागि कतारले मध्यस्थता गरेको थियो।

रिहा हुँदै गरेका बेला जुडिथ र नताली रानानको तस्बिर पनि सार्वजनिक भएको छ।अमेरिकाका राष्ट्रपति जो बाइडेनले उनीहरुको रिहाइमा खुसी व्यक्त गर्दै विज्ञप्ति जारी गरेका छन्।

विज्ञप्तिमा उनले अपहरणमा परेका अन्य १० जना अमेरिकी नागरिकको रिहाइका लागि पनि २४सै घण्टा काम गरिरहेको उल्लेख गरेका छन्।

इजरायलमा बेपत्ता पारिएका नेपालका विपिन जोशी पनि हमासको नियन्त्रणमा भएको आशंका गरिएको छ।तर आजसम्म उनको अवस्था पत्ता लाग्न सकेको छैन। सरकारले उनको खोजी जारी रहेको जनाएको छ।

हमासको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको ज्यान गयो। त्यसयता सरकारले दुई चरणमा गरी २७२ नेपालीलाई इजरायलबाट उद्धार गरी नेपाल ल्याइसकेको छ।

 

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...